
अमेथी, 23 अक्टोबर (हि.स.)। उत्तर प्रदेशको जिल्ला तथा कोतवाली क्षेत्र अमेठीको कस्बास्थित कलवारन टोलामा एक हृदयविदारक घटना भएको प्रकाशमा आएको छ। आफ्नो घर बाहिर खेलिरहेकी अढाई वर्षीया बालिकालाई एकजना युवकले कथित रूपमा सड़कमा पछाऱ्यो। गम्भीर रूपमा घाइते बालिकालाई उपचारको लागि नजिकैको अस्पतालमा भर्ना गरिएको छ।
जानकारी अनुसार बितेको साँझ बालिका आफ्नो घर बाहिर खेलिरहेकी थिई। यसै अवधि एकजना युवकले उसलाई कुट्दै सड़कमा पछाऱ्यो। घटनाको आवाज सुनेर स्थानीय मानिसहरू घटनास्थलमा पुगे। स्थानीय मानिसहरू आफूतिर आइरहेको देखेर युवक नालाभित्र पस्यो। त्यसपछि मानिसहरूले उसलाई निकै परिश्रमगरेर बाहिर निकाले अनि पुलिसलाई सूचित गरे। गम्भीर रूपमा घाइते बालिकालाई परिवारका सदस्यहरूले तुरुन्तै सामुदायिक स्वास्थ्य केन्द्र (सीएचसी) अमेठीमा लगे। जहाँ प्राथमिक उपचारपछि उसलाई जिल्ला अस्पतालमा लगियो जहाँ उसको अवस्था गम्भीर रहेको बताइएको छ।
अमेठीका पुलिस उपाधीक्षक श्वेताभ भास्करले शुक्रवार अभियुक्त युवक मानसिक रूपमा अपाङ्ग रहेको बताए। सूचना पाएपछि पुलिस घटनास्थलमा पुग्यो अनि घाइते युवकलाई अस्पताल लग्यो। घाइते बालिकाको अवस्था अहिले सामान्य छ।
--------
/ बिशाल