एशियाली च्याम्पियन्स ट्रफीको लागि जापानी हकी टोली मोहाली आइपुग्यो
ਜਪਾਨੀ ਟੀਮ ਦੇ ਖਿਡਾਰੀ ਚੰਡੀਗੜ੍ਹ ਹਵਾਈ ਅੱਡੇ ਤੇ


जापानी टोलीलाई शहीद भगत सिंह अन्तर्राष्ट्रिय विमानस्थलमा भङ्गडा र माला लगाएर भव्य स्वागत गरियो

चण्डीगढ, 23 अक्टोबर (हि.स.)। आगामी 27 अक्टोबरदेखि नोभेम्बर 5 सम्म जालन्धर र मोहालीमा हुने एशियाली च्याम्पियन्स ट्रफीमा भाग लिन 18 सदस्यीय जापानी पुरुष हकी टोली मोहालीको शहीद भगत सिंह अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ। टोलीलाई विमानस्थलमा खेलकुद विभागका अधिकारीहरूले भाङ्गडाको ताल, परम्परागत माला र पञ्जाबी आतिथ्यका सामाथ न्यानो स्वागत गरे। यो न्यानो स्वागतबाट खुसी भएका आगन्तुक खेलाडीहरूले आयोजकलाई धन्यवाद दिए अनि हकीको मक्काको रूपमा प्रसिद्ध पञ्जाबको भूमिमा खेल्न उत्साह व्यक्त गरे।

प्रतियोगिताको लागि जापानी टोलीमा यामादा सोटा, तनाका सेरेन, वातानाबे जुन, मात्सुमोटो काजुमासा, नागाई युमा, यामासिता मनाबु, फुजिशिमा राइकी (कप्तान), नागायोसी केन, साइतो हिरो, काशिवागी रेन, तनाका सुबासा, ओका रियोमा, कावामुरा युसुके, कुरोडा किशो (गोलकिपर), यामानाका मोटोया, ओचाई हारुकी, किटागावा तकुमी (गोलकिपर) र फुकुदा केन्टारो सामेल छन्। एशियाली च्याम्पियन्स ट्रफीको अवधिभरि टोलीको सहज प्रवास, अभ्यास सत्र अनि यात्राका लागि विस्तृत व्यवस्था गरिएको छ। पहिलो पटक पञ्जाबमा आयोजना भइरहेको एशियाली च्याम्पियन्स ट्रफीमा प्रमुख एशियाली देशहरूको सहभागितासँगै शीर्ष स्तरका हकी प्रतियोगिताहरू देख्न पाइनेछ।

पञ्जाब सरकारले प्रतियोगितामा भाग लिने सबै टोलीको लागि अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रम अनुसार विश्वस्तरीय सुविधा, सुरक्षा र आतिथ्य सुनिश्चित गरेको छ। एशियाली च्याम्पियन्स ट्रफी प्रतियोगितामा जापान तथा आयोजक भारत बाहेक दक्षिण कोरिया, चीन, मलेशिया र बङ्गलादेशका टोलीहरूले पनि भाग लिइरहेका छन्। प्रतियोगिता अक्टोबर 27 देखि जलन्धरको ओलम्पियन सुरजित हकी स्टेडियममा शुरु हुनेछ। फाइनल नोभेम्बर 5- मा मोहालीको ओलम्पियन बलबीर सिंह सिनियर हकी स्टेडियममा हुनेछ।

--------

/ बिशाल


 rajesh pande