
नगाउँ (असम), 23 अक्टोबर (हि.स.)। असमको बटद्रवामा पुलिसले अन्तरराष्ट्रिय वाहन चोरी गिरोहका दुई कथित प्रमुखलाई पक्राउ गरेको छ। पक्रा परेका अभियुक्तहरूको पहिचान अजमल हुसेन र जाहिरुल इस्लाम चौधरीको रूपमा भएको छ।
जिल्लाका विभिन्न भागबाट चोरी गरिएका सवारी साधनहरूलाई अन्य राज्य तथा विदेशमा ओसारपसार गर्ने नेटवर्कमा संलग्न रहेको आरोप यी दुईजनामाथि लागेको पुलिसले जनाएको छ। प्रारम्भिक जानकारी अनुसार यो गिरोह चोरी गरिएका सवारी साधनहरूलाई राज्यबाट बाहिर पठाउनको साथै अन्तर्राष्ट्रिय आवागमनमा संलग्न थियो।
दुवैको पक्राउपछि पुलिसले कथित वाहन चोरी गिरोहको नेटवर्क र गतिविधिको अनुसन्धान गर्ने सम्भावना छ। तर अनुसन्धानको विवरण र अभियुक्तको पक्राउसँग सम्बन्धित अन्य तथ्यको अहिलेसम्म खुलासा हुन सकेको छैन।
--------
/ बिशाल