
गुवाहाटी, 23 अक्टोबर (हि.स.)। भारत रत्न डा. भुपेन हजारिकाको जन्म शताब्दी समारोहको समापन नयाँ दिल्लीको भारत मण्डपममा आयोजना हुनेछ। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले शुक्रवार सोशल मिडिया पोस्ट मार्फत उक्त आशयको जानकारी दिएका हुन्।
मुख्यमन्त्रीले भने, असमसँंगसँगै भारतीय सङ्गीत एवं संस्कृतिलाई आफ्नो कालजयी रचनाहरूद्वारा समृद्ध बनाउने महान कलाकारको जन्म शताब्दी समारोहको समापन उनको अतुलनीय उपलब्धिहरू र अमर विरासतप्रति एक स्मरणीय श्रद्धाञ्जली हुनेछ।
उनले भने, डा. भुपेन हजारिकाका सदाबहार गीतहरू अझै पनि जनताको हृदयमा जीवित रहेका छन् जसले उनीहरूलाई एकबद्ध बनाउँछ। उनको साङ्गीतिक विरासतले पुस्तौँदेखि मानिसहरूलाई जोड्दै आएको छ।
यस महान सांस्कृतिक व्यक्तित्वको विरासतप्रति सम्मान गर्दै समापन समारोहलाई अविस्मरणीय बनाउने प्रयास भइरहेको मुख्यमन्त्रीले बताए। डा. भुपेन हजारिकाको साङ्गीतिक र सांस्कृतिक योगदान आज पनि जनताको जीवनमा सान्दर्भिक छ।
--------
/ बिशाल