
उज्जैन, 23 अक्टोबर (हि.स.)। मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा आपतकालीन सुरक्षा स्थितिसित प्रभावकारी ढङ्गमा सामना गर्न तथा भक्तहरू र मन्दिर परिसरको सुरक्षा व्यवस्थालाई अझ सुदृढ पार्न राष्ट्रिय सुरक्षा गार्ड (एनएसजी), मुम्बईको टोलीले बिहीवार राति 11 बजेदेखि मक ड्रिल सञ्चालन गरियो जसमा करिब 150 एनएसजीका जवानहरूले भाग लिएका थिए।
मक ड्रिलको क्रममा मन्दिर परिसरमा सम्भावित आपतकालीन अवस्थामा सुरक्षा बलको तयारी, विभिन्न सुरक्षा निकायहरूबीच समन्वय, द्रुत प्रतिक्रिया क्षमता एवं आपतकालीन सुरक्षा प्रोटोकलको अभ्यास अनि मूल्याङ्कन गरियो।
--------
/ बिशाल