पश्चिम मिदनापुरमा दुई छुट्टा-छुट्टै दुर्घटनामा एकजनाको मृत्यु, दुई जना घाइते
दुर्घटना सांकेतिक


खड़गपुर, 23 अक्टोबर (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको दाँतन रेलवे स्टेशनमा बिहीवार रेल लाइन पार गर्दै गर्दा एकजना वृद्ध महिलाको मृत्यु भयो। सोही समयमा बेलदामा राष्ट्रिय राजमार्ग- 16 मा पार्क गरिएको वाहनसँग टोटो ठोक्किएर दुर्घटनाग्रस्त भयो जसमा दुई जना मानिसहरू गम्भीर रूपमा घाइते भए।

पुलिस तथा स्थानीय सूत्र अनुसार दाँतन थाना अन्तर्गत मेनकापुर गाउँकी सन्ध्या मायती (76) उलुबेरियामा आफ्नी छोरीको घरबाट फर्किँदै थिइन्। उनी दाँतन स्टेशनमा उत्रेपछि रेलवे लाइन पार गरिरहेकी थिइन्। सोही समय द्रुत गतिमा आइरहेको एक्सप्रेस ट्रेनको हावाको दबावले उनको सन्तुलन बिग्रियो अनि उनी रेल लाइमा लड़िन्। टाउकोमा गम्भीर चोट लागेको कारणले उनको घटनास्थलमै मृत्यु भयो। सूचना पाएपछि रेलवे पुलिसले घटनास्थलमा पुगी शवलाई उद्धार गरी पोस्टमर्टम गर्नको लागि खडगपुर अस्पतालमा पठाइदिएको छ जहाँ शुक्रवार पोस्टमर्टम हुनेछ।

अर्कोतर्फ बेलदा पुलिस थाना अन्तर्गत श्यामपुरा क्षेत्रमा राष्ट्रिय राजमार्ग- 16 मा बिहीवार राती टोटो दुर्घटनाग्रस्त भयो। प्रत्यक्षदर्शी असीम बर्मनले हिन्दुस्तान समाचार-लाई बताए, टोटोले सडकमा पार्क गरिएको गाडीको पछाडि ठोक्कर दियो। यस दुर्घटनामा टोटोमा सवार दुई जना मानिसहरू गम्भीर घाइते भए। गम्भीर अवस्थामा उनीहरूलाई अस्पतालमा लगियो। घटनाको जानकारी पाएपछि भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरणका कर्मचारी र बेलदा पुलिस स्टेशनबाट पुलिस घटनास्थलमा पुगे। पुलिसले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ।

--------

/ बिशाल


 rajesh pande