दक्षिण पूर्वी रेलवेका विभिन्न स्टेशनमा' रेल जन सम्वाद' सम्पन्न
खड़गपुर स्टेशन पर यात्रियों से संवाद करते मंडल रेल प्रबंधक


खड़गपुर स्टेशन पर यात्रियों से संवाद करते मंडल रेल प्रबंधक


खड़गपुर स्टेशन पर यात्रियों से संवाद करते मंडल रेल प्रबंधक


खड़गपुर स्टेशन पर यात्रियों से संवाद करते मंडल रेल प्रबंधक


खड़गपुर, 23 अक्टोबर (हि.स.)। भारतीय रेलवेले 22 अक्टोबरको दिन एक विशेष अभियान 6.0 अन्तर्गत देशभरिका सात हजारभन्दा बढ़ी रेलवे स्टेशनहरूमा 'रेल जन सम्वाद' तथा स्वच्छता अभियान आयोजना गऱ्यो। यस पहलको उद्देश्य यात्रुहरूसँग प्रत्यक्ष सम्वाद स्थापना गर्नु, उनीहरूको समस्या र सुझाउहरू जान्नु एवं रेलवे परिसरमा स्वच्छतालाई बढावा दिनु हो।

दक्षिण पूर्वी रेलवे (एसईआर)अन्तर्गतका सबै 367 वटा रेलवे स्टेशनहरूमा यो कार्यक्रम आयोजना गरिएको थियो। खड़गपुर डिभीजनले आफ्नो क्षेत्राधिकार अन्तर्गतका सबै स्टेशनहरूमा रेल जन सम्वाद सम्पन्न भएको सुनिश्चित गऱ्यो।

बिहीवार दक्षिण पूर्वी रेलवेका महाप्रबन्धक अनिल कुमार जैनले शालिमार रेलवे स्टेशनमा यात्रुहरूसँग कुराकानी गरी उनीहरूबाट सुझाउहरू प्राप्त गरे। उनले स्टेशनमा आयोजित श्रमदान अभियानमा पनि भाग लिए। दक्षिण पूर्वी रेलवेका अतिरिक्त महाप्रबन्धक मनिष कुमार जैनले सन्तरागाछी रेलवे स्टेशनमा कार्यक्रमको नेतृत्व गर्दै यात्रुहरूसँग कुराकानी गरे।

खड़गपुर डिभीजनका डिभीजनल रेलवे प्रबन्धक ललित मोहन पाण्डेले खड़गपुर रेलवे स्टेशनमा यात्रुहरूसँग कुराकानी गरे। यस अवधि यात्रु सुविधा, सेवाको गुणस्तर एवं स्वच्छतासँग सम्बन्धित मुद्दाहरूमा छलफल चर्चा गरियो। डीआरएमले स्टेशन सफा गर्ने कर्मचारीहरूसँग पनि कुराकानी गरेर स्टेशन सफा राख्नमा उनीहरूको योगदानको प्रशंसा गर्दै उच्च स्तरको स्वच्छता कायम गर्न प्रेरित गरे।

खड़गपुर डिभीजनका अन्य स्टेशनहरूमा शाखा अधिकारी, स्टेशन मास्टर, स्टेशन प्रबन्धक एवं रेलवे पर्यवेक्षकहरूले कार्यक्रममा भाग लिए। यात्रुहरूलाई रेल सेवा, सुविधा र स्वच्छतासँग सम्बन्धित आफ्ना सुझाउ एवं गुनासोहरू साझा गर्न प्रोत्साहित गरियो। रेलवे प्रशासनले प्राप्त सुझाउ अनि उजुरीमाथि तुरुन्त कारबाही गर्दै यात्रु सुविधाहरूमा थप सुधार गर्ने आश्वासन दिएको छ।

बिहीवार राती रेलवेले जारी गरेको प्रेस विज्ञप्ति अनुसार यस राष्ट्रव्यापी पहल मार्फत यात्रुहरूसँग रेल प्रशासनको प्रत्यक्ष सम्वादलाई सुदृढ पार्न अनि स्वच्छताको बारेमा चेतना जगाउन जोड दिइएको थियो।

--------

/ बिशाल


 rajesh pande