सड़क दुर्घटनामा एकजनाको मृत्यु, दुई जना घाइते
सड़क दुर्घटनामा एकजनाको मृत्यु, दुई जना घाइते


नगाउँ (असम), 23 अक्टोबर (हि.स.)। नगाउँ जिल्लाको कालियाबर क्षेत्रमा राष्ट्रिय राजमार्गमा भएको सड़क दुर्घटनामा दुई जना मानिसहरूको घटनास्थलमै मृत्यु भयो भने अर्का एकजना गम्भीर घाइते भए।

पुलिसले शुक्रवार बतायो, बितेको राती कालियाबरको रादलु क्षेत्रमा राष्ट्रिय राजमार्ग- 715 मा गए राती बाइक र कारबीच भएको भिड़न्तमा बाइकमा सवार दुई जना मानिसहरूको घटनास्थलमै मृत्यु भयो। अर्का एकजना मानिस यस घटनामा गम्भीर रूपमा घाइते भए जसलाई उपचारका लागि तेज़पुर मेडिकल कलेज एवं अस्पतालमा भर्ना गरिएको छ।

मृतकहरूको भोला सौताल र किसान सौतालका रूपमा पहिचान गरिएको छ। जबकि गम्भीर घाइते रीता सोतालको रूपमा पहिचान भएको छ। दुर्घटनापछि चालक र कण्डक्टर घटनास्थलबाट भाग्न सफल भए। पुलिसले दुवैको शवलाई पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाएको छ। यस सम्बन्धमा दुर्घटनाको एफआईआर दर्ता गरी पुलिसले दुर्घटनामा संलग्न कार चालकलाई खोजी गरिरहेको छ

/ बिशाल


 rajesh pande