
हावडा, 25 अक्टोबर (हि.स.)। चोरबगान दुर्घटनामा ज्यान गुमाउने विकास भट्टचार्यको परिवारसित भेट गर्न मुख्यमन्त्री शुभेन्दु अधिकारी गए शनिवार राती करिब 8 बजे हावडाको सलाकियामा अवस्थित उनको घरमा पुगे। मुख्यमन्त्रीले शोकाकुल परिवारका सदस्यहरूलाई भेटेर 25 लाख रुपियाँको चेक हस्तान्तरण गरे। उनले परिवारलाई हरसम्भव सहयोग गर्ने आश्वासन पनि दिए। यसबाहेक प्रधानमन्त्री कार्यालयबाट दिइने 2 लाख रुपियाँको चेक पछि दिइनेछ।
मुख्यमन्त्रीले भने, चोरबगान दुर्घटनामा ज्यान गुमाउनेहरूका परिवारहरूका सदस्यलाई भेट गर्ने क्रममा यो उनको 16औँ भ्रमण हो। आइतवार उनी पूर्व मेदिनीपुर जिल्लाको रामनगरमा अर्को पीडितको परिवारलाई भेट्न जानेछन्। त्यसपछि मन्त्रीले बिहारको मुजफ्फरपुरमा भएको दुर्घटनामा ज्यान गुमाउने दुई जना मानिसहरूको परिवारलाई सहायता राशि दिनका लागि उमेश रायलाई चेक पठाउनेछन्। मुख्यमन्त्रीले भिडियो कन्फ्रेन्स मार्फत दुवै परिवारसँग अन्तरक्रिया पनि गर्नेछन्।
मुख्यमन्त्रीले भने, यस वर्षको दुर्गा पूजामा राज्यमा लगभग 68 हजार पूजा कार्यक्रमहरू आयोजना गरिएको थियो जसमध्ये एउटा मात्र दुर्घटना भयो। दुर्घटनापछि भवानी भवनबाट जिल्ला मेजिस्ट्रेट, पुलिस अधीक्षक र सबै जिल्लाका अन्य वरिष्ठ अधिकारीहरूसँग भर्चुअली बैठक भएको थियो। बैठकमा सुरक्षा व्यवस्था सम्बन्धी विभिन्न निर्देश दिइएको थियो। मुख्यमन्त्री अनुसार यी निर्देशहरूलाई पालना गरिसकेपछि राज्यमा त्यस्तो कुनै दुर्घटना भएन।
चोरबगान त्रासदीको जाँच गर्नको लागि गठित विशेष जाँच दल (एसआइटी)- ले तीन महिनाभित्रमा आफ्नो प्रतिवेदन पेश गर्ने जानकारी गराउँंदै मुख्यमन्त्रीले बताए, काली पूजा, दीपावली र अन्य चाड़पर्वको तयारी गर्नको लागि आगामी 28 अक्टोबरमा बैठक बोलाइएको छ जसमा पर्यावरण विभागका अधिकारीहरू पनि संलग्न हुनेछन्। बैठकमा चाड़पर्वको आयोजना र सुरक्षा सम्बन्धी आवश्यक दिशानिर्देशहरू तय गरिनेछ।
मुख्यमन्त्रीले विकास भट्टाचार्यका भतिजा अमिताभ भट्टाचार्यलाई नोकरी दिने आश्वासन पनि दिए। उनले परिवारलाई आयुष्मान कार्ड सहित अन्य सरकारी सुविधाहरू उपलब्ध गराउने व्यवस्था गर्न जिल्ला कलेक्टर पी. दीपाप प्रियालाई निर्देश दिए।
--------
/ बिशाल