असममा पेन्शन प्रक्रिया डिजिटल भयो, 11,047 भन्दा अधिक कर्मचारीहरू  लाभान्वित
The Illustration shared by Assam CM Dr Himanta Biswa Sarma.


गुवाहाटी, 25 अक्टोबर (हि.स.)। असम सरकारले सरकारी कर्मचारीहरूको सेवानिवृत्ति प्रक्रियालाई सहज, पारदर्शी एवं सुरक्षित बनाउन पेन्शन प्रणालीलाई डिजिटल र स्वचालित बनाएको छ। मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले आइतवार सोशल मिडियामा उक्त आशयको जानकारी दिए।

मुख्यमन्त्रीले बताए, अब कर्मचारीहरू सेवानिवृत्त हुनुभन्दा 12 महिनाअघि नै पेन्शन प्रक्रिया शुरु हुनेछ। यसको लागि कुनै म्यानुअल आवेदन गर्न आवश्यक छैन। साथै कर्मचारीहरूले सेवा रेकर्डसँग सम्बन्धित जानकारी प्रदान गर्न गुवाहाटी जाने आवश्यकता पनि पर्ने छैन।

डिजीटल सत्यापन एवं सुरक्षित तकनिकको माध्यमबाट पेन्शन स्वीकृतिको प्रक्रिया पूरा गरिँदैछ। यस अन्तर्गत कर्मचारीहरूको डिजिलकर खातामा पेन्शन भुक्तानी आदेश (पीपीओ) सोझै पठाउने व्यवस्था गरिएको छ।

मुख्यमन्त्री अनुसार अहिलेसम्ममा 11,047 भन्दा बढी सरकारी कर्मचारीहरू यो व्यवस्थाबाट लाभान्वित भइसकेका छन्। यीमध्ये आधाभन्दा बढी कर्मचारीहरूले सेवानिवृत्तिको अन्तिम दिनअघि नै पेन्शन भुक्तानी आदेश प्राप्त गरिसकेका छन्।

उनले भने, सरकारको लक्ष्य सरकारी सेवाहरूको हरेक तहमा प्रविधिको प्रयोग गरेर आम जनताको पारदर्शिता, दक्षता र सुविधा सुनिश्चित गर्नु हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande