
गुवाहाटी, 25 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले आइतवार श्री श्री लक्ष्मी पूजाको शुभ अवसरमा राज्यका जनतालाई हार्दिक शुभकमना दिँदै सबै परिवारको सुख, शान्ति र समृद्धिको कामना गरे।
सामाजिक सञ्जालमा जारी आफ्नो सन्देशमा मुख्यमन्त्रीले माता लक्ष्मीको ईश्वरीय आशीर्वादले हरेक परिवारको जीवनमा सुख, शान्ति तथा समृद्धिको नयाँ ज्योति ल्याउने आशा व्यक्त गरे। धन, वैभव र सौभाग्यकी देवी माँ लक्ष्मीको कृपाले सबैको जीवनमा आनन्द, प्रशस्तता तथा सौभाग्यको सञ्चार होस्, उनले भने।
उनले कामना गरे, हरेक घर प्रेम, सद्भाव अनि सन्तुष्टिले भरिएको होस्। मुख्यमन्त्रीले कमलमा विराजमान माँ लक्ष्मीको चरणमा सबैको कल्याण र समृद्धिका लागि प्रार्थना गर्दै लक्ष्मी पूजाको शुभ अवसरमा हार्दिक शुभकामना दिए।
उल्लेख्य, असमिया क्यालेण्डर अनुसार आज राज्यभरि नै लक्ष्मी पूजा पूर्ण उत्साहको साथमा मनाइँदैछ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा