कछारमा 14.48 लाखको अवैध विदेशी मदिरा जफत, दुई जना पक्राउ
Image Cachar Excise Department Seizure Illegal Liquor and Two Detained Accused.


कछार (असम), 25 अक्टोबर (हि.स.)। असमको कछार जिल्लामा आबकारी विभागले अवैध रक्सी तस्करीविरुद्ध कारबाहीमा गर्दै कलाइन क्षेत्रमा छापामारी गऱ्यो। यस छापामारीमा विदेशी मदिराका 2,472 जबोतलहरू फत गरियो जसको अनुमानित मूल्य 14,48,500रुपियाँ रहेको छ।

पुलिस सूत्रले आज बताएको छ, विशेष गुप्तचर सूचनाको आधारमा आबकारी विभागका अधिकारीहरूले कलाइन क्षेत्रमा अभियान सञ्चालन गरियो। यस अवधि अवैध विदेशी रक्सीको खेप ओसार-पसार गरिरहेको अवस्थामा समातियो। अधिकारीहरूले कथित तस्करीको सम्बन्धमा घटनास्थलबाट दुई जना मानिसहरूलाई पक्राउ गरियो।

यस मामिलामा एफआईआर दर्ता गरिएको छ भने अग्रिम अनुसन्धान भइरहेको छ। अनुसन्धानको क्रममा मदिरा आपूर्ति गर्ने श्रोत र तस्करीमा संलग्न अन्य मानिसहरूको बारेमा पत्तो लगाउने प्रयास गरिँदैछ।

जफत गरिएको रक्सीको खेपलाई मिजोरम सहित छिमेकी राज्यहरूमा ढुवानी गर्ने योजना थियो कि थिएन, अनुसन्धान भइरहेको छ। यस क्षेत्रलाई अवैध सामानको आवागमन गर्ने मार्गको रूपमा प्रयोग गरििँदै आएकोको बताइएको छ।

उक्त क्षेत्रमा अवैध मदिरा ओसार-पसार तथा वितरणलाई रोक्न आबकारी विभागले कारबाही गरिरहेको छ।

--------

/ बिशाल


 rajesh pande