एनजेपी रेलवे स्टेशनमा ब्राउन शुगर सहित महिला पक्राउ
एनजेपी रेलवे स्टेशनमा ब्राउन शुगर सहित महिला पक्राउ


सिलगढ़ी, २५ अक्टोबर (हि.स.)। न्यू जलपाइगुडी (एनजेपी) रेलवे स्टेशनमा रेल पुलिसले लागुऔषध तस्करी विरुद्ध कारबाही गर्दै लगभग १०० ग्राम ब्राउन शुगर जफत गरेको छ। यस घटनामा असम निवासी एक महिलालाई पक्राउ गरिएको छ। पक्रा परेकी महिलाको नाम रिहाना खातुन हो। उसलाई आइतवार जलपाइगुडी अदालतमा पेश गरी पुलिस हिरासतमा लिइनेछ।

पुलिस सूत्र अनुसार, शनिवार गोप्य सूचनाका आधारमा सिलगढ़ी जीआरपीको स्पेशल अपरेशन ग्रुप (एसओजी) र एनजेपी जीआरपीको सादा पोसाकमा खटिएको पुलिस टोलीले संयुक्त अभियान चलाएको थियो। यस क्रममा असमबाट आउने डाउन विवेक एक्सप्रेस एनजेपी स्टेशनको प्लेटफर्म नम्बर ६ मा आइपुगेपछि बी-५ एसी कोचमा रहेकी एक शङ्कास्पद महिलासँग सोधपुछ गरियो।

सोधपुछका क्रममा शङ्का लागेपछि पुलिसले महिलाको स्कूल ब्याग तलासी लियो। ब्यागमा लुकाएर राखिएको लगभग १०० ग्राम ब्राउन शुगर जफत भएको पुलिसले जनाएको छ। पुलिसले आरोपी महिला विरुद्ध एनडीपीएस एक्ट अन्तर्गत मुद्दा दर्ता गरेको छ। उसलाई आइतवार जलपाइगुडी अदालतमा पेश गरी पुलिस हिरासतमा लिने तयारी गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande