लुला डा सिल्भा चौथो पटक ब्राजिलको राष्ट्रपति निर्वाचित
ब्राजील के साओ बर्नार्डो डो कैम्पो में रविवार को राष्ट्रपति चुनाव के दूसरे दौर (रनऑफ) में मतदान करने के बाद राष्ट्रपति लुइज इनासियो लूला डा सिल्वा  मतदान केंद्र से बाहर निकलते हुए। फोटो - इंटरनेट मीडिया


ब्राजील के साओ पाउलो में बैंड के स्टूडियो में लूला (दाएं) और फ्लेवियो बोल्सोनारो। दोनों के बीच 18 अक्टूबर को प्रेसिडेंशियल डिबेट हुई। फोटो - इंटरनेट मीडिया


ब्रासिलिया (ब्राजिल), २६ अक्टोबर (हि.स.)। ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले फेरि एकपटक निर्वाचनमा विजय हासिल गरेका छन्। उनी चौथो पटक ब्राजिलको राष्ट्रपति निर्वाचित भएका छन्। वामपन्थी नेता ८० वर्षीय सिल्भा पूर्व कारखाना कर्मचारी हुन्। निर्वाचनको पहिलो चरणमा राष्ट्रपतिका उम्मेदवार तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट मानिने फ्लाभियो बोल्सोनारो र वर्तमान राष्ट्रपति लुलाबीच बराबरीको अवस्था थियो। आइतबार भएको कडा प्रतिस्पर्धात्मक दोस्रो चरणको निर्वाचनमा उनले फ्लाभियो बोल्सोनारोलाई पराजित गरे।

ब्राजिलका प्रमुख समाचारपत्र फोल्दा दे एस. पाउलो र सीएनएनको रिपोर्टअनुसार, ९९.७७ प्रतिशत मतगणना पूरा हुँदा दोस्रो चरणमा वर्तमान राष्ट्रपति लुलाले ५१.७६ प्रतिशत वैध मत प्राप्त गरे भने बोल्सोनारोले ४८.२४ प्रतिशत मत पाए। यस विजयसँगै ‘वर्कर्स पार्टी’ का सदस्य लुला, गेटुलियो वर्गासपछि ब्राजिलको इतिहासमा दोस्रो सबैभन्दा लामो समयसम्म राष्ट्रपति पदमा रहने व्यक्ति बनेका छन्। आफ्नो वर्तमान कार्यकाल पूरा हुँदासम्म उनी कुल १६ वर्ष सत्तामा रहनेछन्, जुन ब्राजिलको लोकतान्त्रिक इतिहासमा एउटा कीर्तिमान हुनेछ।

यो विजय यस्तो निर्वाचन अभियानपछि प्राप्त भएको हो, जसमा महँगी, अपराध र भ्रष्टाचारजस्ता मुद्दाहरू प्रमुख रूपमा उठेका थिए। सीएनएनको रिपोर्टअनुसार, १९८९ मा प्रत्यक्ष राष्ट्रपति निर्वाचन पुनः शुरु भएयता पहिलो चरणमा दोस्रो स्थानमा रहेका कुनै उम्मेदवारले राष्ट्रपति निर्वाचन जितेको यो पहिलो घटना हो। लुलाले २००३ देखि २०१० सम्म पहिलोपटक ब्राजिलको शासन सम्हालेका थिए। यसपटक महँगी र सुरक्षासम्बन्धी चिन्ताका कारण उनले कडा निर्वाचन प्रतिस्पर्धाको सामना गर्नुपरेको थियो। बोल्सोनारोले आफ्नो निर्वाचन अभियानमा अपराधविरुद्ध कडा नीति अपनाउने विषयलाई प्रमुख मुद्दा बनाएका थिए र खाद्यवस्तुको मूल्य घटाउने वाचा गरेका थिए। दुवै राष्ट्रपति पदका उम्मेदवारमाथि उनीहरूका परिवारका सदस्य तथा सहयोगीहरूसँग सम्बन्धित भ्रष्टाचारका आरोप लागेका थिए।

भ्रष्टाचारसम्बन्धी मुद्दाहरूमा दोषी ठहर भएपछि लुलाले एक वर्षभन्दा बढी समय जेलमा बिताउनुपरेको थियो। यद्यपि, पछि ती दोषसिद्धिहरू रद्द गरिएका थिए। आइतबार भएको यस कडा प्रतिस्पर्धाको नतिजा तनावपूर्ण वातावरणबीच सार्वजनिक भएको थियो। सीएनएनको विश्लेषणअनुसार, लुलाको विजयको प्रभाव ब्राजिलबाहिर पनि देखिनेछ। लुलाको नेतृत्वमा ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो देश ब्राजिलले अझ स्वतन्त्र विदेश नीति अपनाउनेछ। लुलाले ब्राजिलको सार्वभौमिकतामा जोड दिएका छन्। साथै, उनले ‘ग्लोबल साउथ’ अर्थात् विकासशील देशहरू र चीनसँग घनिष्ठ सम्बन्ध स्थापित गर्ने पक्षमा वकालत गरेका छन्।

लुलाले १९७० को दशकमा श्रमिक नेताका रूपमा आफ्नो राजनीतिक यात्रा शुरु गरेका थिए। त्यसपछि उनले ‘वर्कर्स पार्टी’ स्थापना गर्न सहयोग गरेका थिए।

लुलाको विजयले बोल्सोनारोको राजनीतिक अभियानलाई ठूलो धक्का पुगेको छ। फ्लाभियोले आफ्ना पिता तथा पूर्वराष्ट्रपति जायर बोल्सोनारोले २०२२ मा हासिल गर्न नसकेको सफलता प्राप्त गर्न सकेनन्। अर्थात्, निर्वाचनमा लुलालाई पराजित गर्न सकेनन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande