
गुवाहाटी, 29 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले बिहीवार भने, प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार प्रधानमन्त्री किसान सम्मान निधि (पीएम-किसान) योजनाको अर्को किस्ता जारी गर्नेछन्। यसले असमका 18 लाखभन्दा बढ़ी किसानहरूलाई आर्थिक सहायता प्रदान गर्नेछ।
मुख्यमन्त्रीले सोशल मिडियामा एउटा पोस्टको माध्यमबाट उक्त जानकारी साझा गरे। उनले भने, डबल इञ्जिन सरकार सधैँ किसानको पक्षमा उभिएको छ। उनले हर्ष व्यक्त गर्दै भने, प्रधानमन्त्री नरेन्द्र मोदीले देशभरिका किसानहरूको लागि योजनाको अर्को किस्ता जारी गर्नेछन्।
मुख्यमन्त्रीले भने, यस आर्थिक सहायताले असमका 18 लाखभन्दा बढी किसानहरूलाई लाभ पुग्नेछ। देशका अन्य राज्यहरूका किसानहरूसँगै असमका किसानहरूले पनि यस योजना अन्तर्गत आर्थिक सहयोग पाउने उनले बताए।
प्रधानमन्त्री किसान सम्मान निधि योजना अन्तर्गत योग्य किसान परिवारलाई आर्थिक सहायता प्रदान गरिन्छ। यस योजनाको उद्देश्य किसानहरूलाई उनीहरूको कृषि आवश्यकताहरू पूरा गर्न आर्थिक सहयोग प्रदान गर्नु हो।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा