ल्हाबाब दुछेनको अवसरमा तीनधारेमा तीनदिने पूजा आयोजना गरिने
ल्हाबब दुईछेनको अवसरमा तीनधारेमा तीनदिने पूजाको आयोजना गरिने


खरसाङ, २९ अक्टोबर (हि.स.)। ल्हाबाब दुछेनको पावन अवसरमा तीनधारेस्थित पद्मा छ्योलिङ तामाङ गुम्बामा तीनदिने पूजाको आयोजना गरिने भएको छ।

गुरु मैत्री सङ्घ तीनधारेको आयोजनामा ३० अक्टोबरदेखि १ नोभेम्बरसम्म तीनधारेको मिठाईडाँडास्थित पद्मा छ्योलिङ तामाङ गुम्बामा पूजा सञ्चालन गरिनेछ।

पूजाको अन्तिम दिन, १ नोभेम्बरमा आमन्त्रित रिम्पोर्छेको करकमलबाट वाङ अभिषेक प्रदान गरिने कार्यक्रम रहेको छ। यस पावन धार्मिक कार्यक्रममा सहभागी भई गुरुको आशीर्वाद ग्रहण गर्न गुरु मैत्री सङ्घ तीनधारे तथा पद्मा छ्योलिङ तामाङ गुम्बाका तर्फबाट सम्पूर्ण श्रद्धालु भक्तजनलाई आह्वान गरिएको छ।

यसबारे म्हाणीपा सङ्घ, तीनधारेका सदस्य दावा रिन्छेन तामाङले जानकारी दिएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande