हर्षवर्धन श्रृङ्गलाद्वारा कांग्रेसमाथि झुटो आख्यान फैलाएको आरोप
हर्षवर्धन श्रृङ्गला


खरसाङ, २९ अक्टोबर (हि.स.)। भारतका पूर्व विदेश सचिव तथा राज्यसभा सांसद हर्षवर्धन श्रृङ्गलाले पूर्व अस्ट्रेलियाली प्रधानमन्त्री केभिन रडसँगको आफ्नो वार्तालाई कांग्रेसले गलत रूपमा प्रस्तुत गरेर जनतालाई भ्रमित पारेको आरोप लगाएका छन्।

यस महिनाको शुरुमा नयाँ दिल्लीमा एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटद्वारा आयोजित कार्यक्रममा श्रृङ्गला र रडबीच एसियाको भूराजनीति, भारतको विदेश नीति तथा प्रमुख साझेदार राष्ट्रहरूसँगको सम्बन्धबारे छलफल भएको थियो। श्रृङ्गलाले उक्त वार्तामा भारतको ऊर्जा सुरक्षा र राष्ट्रिय हित सर्वोपरि रहेको तथा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा विदेश नीति रणनीतिक स्वायत्तता र राष्ट्र-प्रथम दृष्टिकोणबाट निर्देशित रहेको स्पष्ट पारेको बताएका छन्।उनले रुसी तेल खरिदका विषयमा अमेरिकी प्रतिबन्धको सम्भावनाबारे चर्चा गर्दा इरान र भेनेजुएलासम्बन्धी विगतका अमेरिकी निर्णयहरूको उदाहरण दिएको बताए। कांग्रेसले आफ्नो भनाइलाई सन्दर्भबाट अलग गरेर गलत आख्यान फैलाएको आरोप लगाउँदै उनले लोकतन्त्रमा राजनीतिक बहस तथ्यमा आधारित हुनुपर्नेमा जोड दिएका छन्।श्रृङ्गलाले १९९४ र १९९५ का आणविक कार्यक्रमसम्बन्धी घटनाक्रम तथा २००८ को मुम्बई आतङ्कवादी हमलापछि तत्कालीन संयुक्त प्रगतिशील गठबन्धन (यूपीए) सरकारले लिएको भूमिकालाई उल्लेख गर्दै कांग्रेसमाथि अमेरिकी दबाउसामु झुकेको आरोपसमेत लगाए। उनले कांग्रेसलाई जनतालाई भ्रमित पार्ने कार्य बन्द गर्न आग्रह गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande