
गुवाहाटी, 29 अक्टोबर (हि.स.)। असममा गाईवस्तु तस्करीविरुद्ध पुलिसले दुई वटा छुट्टा-छुट्टै अभियान सञ्चालन गरी 28 वटा गाईवस्तुहरूलाई जफत गरेको छ भने तीन जना कथित तस्करहरूलाई पक्राउ गरेको छ।
बिहीवार दिइएको आधिकारिक जानकारी अनुसार पहिलो कारबाहीमा मुकालमुआको दौलाशाल पुलिसले गाईवस्तु तस्करीविरुद्ध अभियान चलायो। यस अवधि गाईवस्तुले भरिएको ट्रकलाई रोकेर जाँच गरियो जसमा ट्रकबाट 17 वटा गाईवस्तु बरामद गरी कथित तस्कर बाबिदुल अलीलाई पक्राउ गरियो।
अर्को कारबाहीमा शालकोचा पुलिसले बिलासिपाराको चाँदेररडिङ्गा क्षेत्रको चकचकमा सञ्चालित गाईवस्तु तस्करीविरुद्ध अभियानको क्रममा पुलिसले अवैध रूपमा ओसार-पसार गरिरहेका 11 वटा गाईवस्तुलाई जफत गऱ्यो। साथै दुई सन्दिग्ध तस्करहरूलाई पनि पक्राउ गरियो।
दुवै कारबाहीमा 28 वटा गाई-गोरीहरूलाई जफत गरिनको साथै तीन जना आरोपीहरूलाई पक्राउ गरिएको छ। पुलिसको यस कारबाहीलाई राज्यमा अवैध गाईवस्तु ओसारपसारलाई रोक्ने प्रयासको एक भागको रूपमा हेरिएको छ। पक्रा परेका अभियुक्तहरूविरुद्ध कानुनी कारबाही भइरहेको छ।
--------
/ बिशाल