कलेज क्षात्राको रहस्यमय परिस्थितिमा मृत्यु, सिकायत दर्ता
आशीघर पुलिस चौकी की फाइल फोटो  


सिलगढ़ी, 29 अक्टोबर (हि.स.)। सिलगढ़ीमा एकजना कलेज छात्राको शङ्कास्पद अवस्थामा मृत्यु भएको घटना बिहीवार प्रकाशमा आएको छ। मृतकको पहिचान प्रिया मण्डलको रूपमा गरिएको छ। घटनापछि परिवार शोकमा डुबेको छ। परिवारका सदस्यहरूले गए बुधवार राती भएको मृत्युको निष्पक्ष अनुसन्धान र न्यायको माग गर्दै भक्तिनगर पुलिस स्टेशन अन्तर्गत आशिघर पुलिस चौकीमा रिपोर्ट दर्ता गरेका छन्।

मृतककी आमा दीपाली मण्डलले दर्ता गरेको उजुरी अनुसार प्रिया विगत दुई वर्षदेखि कौसभ सरकारसँग प्रेम सम्बन्धमा थिइन्। विवाह गर्ने वाचा पनि गरिएको परिवारको आरोप छ। उजुरीमा भनिएको छ, करिब डेढ महिनाअघि प्रियालाई कौशभको अर्की युवतीसँगको सम्बन्धबारे थाहा भएको थियो। यस विषयमा बातचित गर्दा तिनलाई दुर्व्यवहार, गाली एवं कुटपिट गरियो।

सिकायत मुताविक गत 25 अक्टोबरको दिन प्रिया आफ्ना परिवारका सदस्यहरूसँग विवाहको बारेमा कुरा गर्न कौशभको घरमा गएकी थिइन्। त्यहाँ उनलाई कथित रूपमा अपमानित गर्दै सम्बन्ध समाप्त गर्न भनियो।

परिवार अनुसार अक्टोबर 28- को बिहान प्रियाले पूजा गरिन्, बजार गइन् अनि घरका सदस्यहरूसित सामान्य रूपमा कुराकानी पनि गरिन्। त्यसपछि उनी आफ्नो कोठामा गइन्। केही समयपछि उनलाई आफ्नो कोठामा मृत अवस्थामा फेला परियो। प्रियाकी आमाले पुलिसलाई सम्पूर्ण मुद्दाको निष्पक्ष अनुसन्धान गर्न एवं मृत्युको वास्तविक कारण पत्तो लगाउन माग गरेकी छन्। उजुरीको आधारमा पुलिसले अनुसन्धान शुरु गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande