
फरिदाबाद, 29 अक्टोबर (हि.स.)। पञ्जाबमा आतङ्कवादी गतिविधिहरूविरुद्ध सञ्चालित अभियान अवधि पञ्जाब पुलिसले ठूलो सफलता हासिल गरेको छ।
पुलिसले पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआईसँग तथा आतङ्कवादी शहजाद भट्टीसित सम्बन्धित एकजना मुख्य अभियुक्तलाई फरिदाबादबाट पक्राउ गरेको छ। पक्राउ परेका अभियुक्तलाई कुलवन्त अलीका रूपमा पहिचान गरिएको छ जो फाजिल्का जिल्लामा भएको ह्याण्ड ग्रेनेड हमलाको मास्टरमाइण्ड रहेको बताइएको छ।
उसको पक्राउलाई सुरक्षा एज्न्सीहरूको लागि ठूलो सफलता मानिँदैछ। पुलिस अनुसार उनी 13 सेप्टेम्बर, 2026- मा फाजिल्का जिल्लाको जलालाबादमा भएको ह्याण्ड ग्रेनेड आक्रमणको मामिलामा वान्टेड थियो। अभियुक्तलाई पक्राउ गरेपछि अनुसन्धान एजेन्सीहरू उसको सम्पर्क र कथित नेटवर्कको जाँचमा जुटेका छन्।
पुलिस जाँच अनुसार कुलवन्त अली पञ्जाबको फिरोजपुर जिल्लाको बासिन्दा हो। जलालाबादमा ह्याण्ड ग्रेनेड आक्रमण भएदेखि नै सुरक्षा एजेन्सीहरूले उसलाई खोजिरहेको थियो। अनुसन्धानको क्रममा जुटाइएको सूचनाको आधारमा पञ्जाब पुलिसले फरिदाबादमा कारबाही गर्दै उसलाई पक्राउ गरेको हो।
पुलिसले अब आक्रमणको षड्यन्त्रमा उसको कथित भूमिका के थियो र कसले उ,लाई यो कार्य गर्न सहयोग गऱ्यो, आदि पत्तो लगाउने प्रयास गरिरहेको छ।
कुलवन्त अलीको पक्राउलाई यसकारणले पनि महत्त्वपूर्ण मानिँदैछ किनकि राजस्थानको श्रीगङ्गानगरमा आठ किलोग्राम आरडीएक्स बरामद भएको मामिलामा पनि उसको नाम मुछिएको छ।
पुलिस अनुसार यस मामिलामा पनि उसलाई खोजिरहेको थियो। अनुसन्धान एजेन्सीहरूले यी दुई घटनाबीचको सम्भावित सम्बन्धबारे अनुसन्धान गरिरहेका छन्। यद्यपि यी मामिलाहरूमा उसको भूमिका र कथित आतङ्कवादी सम्बन्धहरू अनुसन्धानपछि मात्र पुष्टि गर्न सकिन्छ।
/ बिशाल