इस्ट गारो हिल्स जिल्ला स्थापना भएको 50 वर्ष पूग्यो, मुख्यमन्त्री कनराड सङ्गमाले  बधाई दिए
ईस्ट गारो हिल्स जिले की स्थापना के 50 वर्ष पूरे होने पर मुख्यमंत्री कॉनराड संगमा द्वारा साझा तस्वीर।


शिलङ, 29 अक्टोबर (हि.स.)। मेघालयको इस्ट गारो हिल्स जिल्लाले बिहीवार आफ्नो गठनको 50 वर्ष पूरा गरेको छ। सो अवसरमा मुख्यमन्त्री कनराड के. सङ्गमले जिल्लाका जनता एवं जिल्ला प्रशासनलाई स्वर्ण जयन्तीको बधाई दिए। उनले भने, जिल्लाको पाँच दशकको यात्रामा यहाँका जनता, विभिन्न क्षेत्रमा योगदान पुऱ्याउने, परम्परागत संस्था र व्यक्तित्वहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

सोशल मिडिया फेसबुकको आफ्नो सन्देशमा मुख्यमन्त्रीले भने, अक्टोबर 1976- मा इस्ट गारो हिल्स जिल्ला स्थापना भएको थियो भने यसको मुख्यालय विलियमनगरलाई बनाइएको थियो। यस शहरको नाम मेघालयका प्रथम मुख्यमन्त्री क्याप्टेन विलियमसन ए. सङ्गमाको नामबाट राखिएको हो। समय बित्दै जाँदा जिल्ला विस्तार भयो अनि नर्थ गारो हिल्स जिल्लाको गठन भयो जसले गाउँका मानिसहरूको लागि प्रशासनको पहुँचमा सुधार ल्यायो।

सङ्गमाले भने, जिल्लाको प्रगतिमा नोकमा र परम्परागत संस्था, शिक्षक, मिशनरी, डाक्टर एवं नर्सहरूको महत्वपूर्ण योगदान रहेको छ। यी मानिसहरूले यस क्षेत्रका विद्यालय, चर्च र अस्पतालहरूको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरे। यता किसान अनि स्थानीय परिवारले आफ्नो परिश्रमबाट यस क्षेत्रको संस्कृति तथा परम्परालाई जीवित राखेका छन्।

मुख्यमन्त्रीले भने, आगमी दिनमा पनि विकसित सडक, सुदृढ़ स्वास्थ्य तथा शिक्षा सेवा, स्थानीय स्तरमा रोजगार अनि विकासका अधिक अवसर उपलब्ध गराउनेमाथि निरन्तर ध्यान केन्द्रित गरिने छ। यस गौरवपूर्ण उपलब्धिमा इस्ट गारो हिल्सका जनता र जिल्ला प्रशासनलाई हार्दिक बधाई दिँदै उनले भने, स्वर्ण जयन्तीको शुभकामना!

--------

/ बिशाल


 rajesh pande