
गुवाहाटी, 03 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले शनिवार भने, तेज़पुर विश्वविद्यालयमा 'शास्त्रीय असमिया भाषा अध्ययनको लागि उत्कृष्टता केन्द्र' स्थापना गर्ने स्वीकृति प्राप्त भएको छ।
मुख्यमन्त्रीले सामाजिक सञ्जाल पोस्टमा भने, असमिया भाषालाई शास्त्रीय भाषाको दर्जा दिएपछि राज्य सरकारले असमको समृद्ध भाषिक र साहित्यिक सम्पदाको अध्ययन, संरक्षण एवं विकासको लागि विशेष केन्द्र स्थापना गर्ने सन्दर्भमा केन्द्र सरकारलाई अवगत गराएको थियो।
उनले भने, यस केन्द्रले असमिया भाषामाथि व्यापक शोध, डिजीटल संरक्षण, पाण्डुलिपि र साहित्यिक धरोहरको संरक्षण एवं प्रचारको क्षेत्रमा नयाँ सम्भावनाहरूको द्वार खोल्नेछ। यस पहलले असमिया भाषा र साहित्यको गौरवशाली धरोहरलाई नयाँ पुस्तासम्म अझ प्रभावकारी ढङ्गमा पुऱ्याउनमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।
मुख्यमन्त्रीले यस ऐतिहासिक निर्णयका लागि प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रिय शिक्षा मन्त्रीप्रति कृतज्ञता व्यक्त गरे।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा