
कालेबुङ, 03 अक्टोबर (हि.स.)। गोर्खाल्याण्ड संग्राम पार्टीले आगामी 9 अक्टोबरका दिन जीटीए खारेजको माग गर्दै लालकोठी घेराउ गर्ने कार्यक्रमको घोषणा गरेको छ। कालेबुङका शनिवार सम्पन्न केन्द्रिय समितिको बैठकपछि संस्थापक सदस्य प्रियवर्द्धन राईले दलको यस कार्यक्रमबारे पत्रकारहरुलाई जानकारी गराए।
शनिवार बसेको बैठकले केन्द्रिय समितिको प्रवक्ताका रूपमा प्रदीप लोहागुणलाई जिम्मेवारी दिइएको पनि राईले जनाए। पार्टीले हेमचन्द्र सुब्बा अनि समीर देवानलाई केन्द्रिय कार्यकारी समितिका सदस्य अनि शैलेस राईलाई कालेबुङ क्षेत्रको युवा एकाइको संयोजक नियुक्त गरेको उनले बताए।
---------------
हिन्दुस्थान समाचार / हनोक