
हुगली, 03 अक्टोबर (हि.स.)। अन्नपूर्ण योजनाको धनराशि नपाएकोमा पश्चिम बङ्गालका विभिन्न भागहरूमा विरोध प्रदर्शन एवं सड़क अवरोधका घटनाहरू भइरहेका छन्। गए शुक्रवार हुगलीका विभिन्न क्षेत्रहरूमा पनि महिलाहरूले प्रदर्शन गरेका थिए।
यसैबीच हुगलीकी सांसद रचना ब्यानर्जीले आफ्नो लोकसभा निर्वाचन क्षेत्रमाअन्नपूर्ण योजनाको भुक्तानको सम्बन्धमा लाभार्थीहरूलाई पर्खिन सल्लाह दिइन्। उनले भनिन्यो, जनाको सूचीमा नाम समावेश भएर पनि धनराशि प्राप्त हुन नसकेका महिलाहरूले केही समय पर्खनुपर्छ।
शनिवार चुन्चुरामा रचना ब्र्यानर्जीले भनिन्, सूचीमा नाम सामेल भइसकेका लाभार्थीहरू जसलाई अहिलेसम्म अन्नपूर्ण योजनाको तीन हजार रुपियाँ प्राप्त भएको छैन, उनीहरूले पनि यो राशि पाउनेछन्। उनले भनिन्, यदि कसैले यसपछि पनि रकम पाएनन् भने उनीहरूले आफ्नो नाम र ठेगाना उनको कार्यालयमा जमा गर्न सक्नेछन् ताकि यस विषयमा कारबाही गर्न सकियोस्।
रचना ब्यानर्जीले भनिन्, पैसा दिन थालिसकेको छ। केही प्रतीक्षा गर्नुहोस्। यति गर्दा पनि पनि पाएन भने नाम र ठेगाना लेखेर मेरो कार्यालयमा दिनुहोस्, म व्यवस्था गर्नेछु। सबैले अन्नपूर्णको लाभ पाउनेछन्।”
शनिवार चुन्चुराको एक होटलमा रचना ब्यनर्जीसँग चुन्चुराका भाजपा विधायक सुबीर नाग, कालीघाट तृणमूल कङ्ग्रेसका केही नेताहरू अनि हुगली-चुन्चुरा नगरपालिकाका केही पूर्व पार्षदहरू उपस्थित थिए। यस अवधि सांसदले विभिन्न विषयमा पत्रकारहरूसँग कुराकानी गरिन्।
जादवपुर विश्वविद्यालयमा हालैमा भएको अशान्तिको बारेमा बोल्दै रचना ब्यानर्जीले भनिन्, यो एक प्रतिष्ठित शैक्षिक संस्था हो र यहाँबाट प्रतिष्ठित व्यक्तिहरूले शिक्षा प्राप्त गरिसकेका छन्। उनले भनिन्, विश्वविद्यालयको प्रतिष्ठा र गरिमा कायम रहनुपर्छ साथै यसको नाम सधैँ उज्वल रहनुपर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा