
सिलगढ़ी, 3 अक्टोबर (हि.स.)। शनिवार सिलगढ़ी टी अक्सन कमिटी (एसटीएसी) को स्वर्ण जयन्ती समारोहमा दार्जीलिङका सांसद राजब बिष्टले चिया उद्योगको विकास, आधुनिकीकरण एवं चिया श्रमिकहरूको कल्याणमाथि जोड दिए। वर्ष 1976 मा स्थापना भएको एसटीएसीले उत्तर बङ्गालको चिया अर्थतन्त्रलाई आकार दिनमा महत्त्वपूर्ण भूमिका खेलेको छ भने यो चिया उत्पादक र बजारबीचको एक महत्त्वपूर्ण पक्ष हो।
राजू बिष्टले भने, चिया एउटा पेय पदार्थ मात्र नभई दार्जीलिङ पाहाड, तराई एवं डुवर्स क्षेत्रको इतिहास, संस्कृति एवं लाखौं मानिसहरूको आजीविकासँग जोड़िएको छ। उनले चिया लीलामी प्रणालीलाई आधुनिक बनाउने, प्रविधि प्रवर्द्धन गर्ने तथा घरेलु एवं अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने आवश्यकतामाथि जोड दिए। यस अवसरमा एसटीएसी एप पनि लञ्च गरियो जसको माध्यमबाट क्रेता र विक्रेताहरूले वास्तविक समयमा सजिलैसँग कुराकानी गर्न सक्नेछन्।
उनले क्षेत्रीय ब्राण्डिङ्गलाई सुदृढ पार्ने तथा सुन्दर प्याकेजिङ्ग, नवाचार एवं भेल्यू एडेड उत्पादहरूकाो माध्यमबाट चिया उद्योगलाई उच्च मूल्य श्रृङ्खलासम्म पुऱ्याउने आवश्यकता महसूस गर्दै अघि भने, चिया उद्योगको सम्पूर्ण प्रणालीमा श्रमिकदेखि लीलामीकर्ता, क्रेता र सरकारसम्म प्रत्येक लिङ्क महत्त्वपूर्ण हुन्छ। विशेष गरी महिला चिया मजदुरहरूको योगदानलाई प्रकाश पार्दै उनले भने, बलियो चिया उद्योगकाो लागि मजदुरहरूको जीविकोपार्जन अनि मर्यादालाई पनि सुदृढ पार्नुपर्छ।
राजू बिष्टले प्रधानमन्त्री चिया श्रमिक प्रोत्साहन योजनाको लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिँदै भने, केन्द्र सरकारले चिया मजदुरहरूको कल्याण र जीवनस्तर सुधारका लागि लगभग 330 करोड रुपियाँ आवन्टन गरेको छ। उनले पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीद्वारा बन्द गरिएका चिया बगानहरूलाई पुनः सञ्चालनमा ल्याउनको लागि चालिएका कदमहरूको पनि उल्लेख गर्दै भने, यसले हजारौं चिया मजदुरहरू र उनीहरूका परिवारहरूलाई नयाँ आशा जगाएको छ।
/ बिशाल