अखिलेश यादवको माफिया शासनलाई  राज्यका जनताले बिर्सेका छैनन्ः ब्रिजेश पाठक
उपमुख्यमंत्री बृजेश पाठक


अयोध्या, 4 अक्टोबर (हि.स.)। उत्तर प्रदेशका उप-मुख्यमन्त्री बृजेश पाठकले आइतबार राम नगरी अयोध्याको राजर्षि दशरथ मेडिकल कलेजको शैक्षणिक परिसर गन्जामा आयोजित मेडिकल सम्मेलनमा सामेल भए। उनले डाक्टरहरूलाई सम्बोधन गर्दै भने, अयोध्या भगवान राम र बजरङ्गबलीको भूमि हो। उनले भने, उनी अयोध्या धाम आइरहन्छन्, सबैको कल्याण होस् अनि राज्य अगाडि बढ़ोस् । उनी यहाँ इण्डियन सोसाइटी अफ इन्टेन्सिभ केयर एण़्ड पेरिअपरेटिभ मेडिसिनको तेस्रो राष्ट्रिय सम्मेलनमा भाग लिन आएका थिए।

यस अवसरमा मिडियासँग कुराकानी गर्दै उनले आगामी विधानसभा चुनाउमा 350 वटा सीट जित्ने सपा प्रमुख अखिलेश यादवको दाबीमाथि प्रहार गर्दै भने, समाजवादी पार्टीका मुखियाले दिउँसै सपना देखिरहेका छन्। सपामाथि गुण्डागिरी र माफियागिरी गरेको आरोप लगाउँदै पाठकले भने, वान डिस्ट्रिक्ट वान माफिया तथा कानुन-व्यवस्थाको स्थितिलाई सम्झेर आज पनि मानिसहरू डराउँछन्। उनले विधानसभा चुनाउ- 2027 मा भाजपाले 300 भन्दा बढी सीट जित्ने दाबी गरे।

उपमुख्यमन्त्री बृजेश पाठकले अखिलेशको अयोध्या भ्रमणलाई लक्षित गर्दै भने, आगामी 8 'अक्टोबरको दिन अखिलेश यादव आफ्नो व्यक्तिगत एजेण्डा लिएर अयोध्या आइरहेका छन्, सनातन संस्कृतिसँग उनलाई केही सरोकार छैन। राम मन्दिरको सन्दर्भमा कङ्ग्रेस - सपामाथि प्रहार गर्दै सपिलाई आक्रमण गर्दै उनले भने, रामलल्लाको मन्दिर निर्माणमा जति बाधा दिन सक्थ्यो सपा र कङ्ग्रेसले दिसकेको छ, तर सनातन संस्कृतिको झण्डा झुक्ने छैन।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande