
गुवाहाटी, 07 अक्टोबर (हि.स.)। गुवाहाटीको पल्टन बजार क्षेत्रमा रहेको होटल भिन्टेजबाट पुलिसले पाँच जना बङ्गलादेशी नागरिकहरूलाई पक्राउ गरेको छ। पुलिसले बुधवार बिहानै पल्टन बजार क्षेत्रका केही होटलहरूमा अभियान सञ्चालन गरी कारबाही गऱ्यो।
पुलिस सूत्र अनुसार होटलमा संदिग्ध रूपमा बसेका यी पाँच जना बङ्गलादेशी नागरिकलाई हिरासतमा लिइएको छ र उनीहरूको दस्तावेजहरू जाँच भइरहेको छ। पुलिसले यो पत्तो लगाउनमा जुटेको छ कि उनीहरू असममा कहिले र कुन माध्यमबाट आएका हुन्।
पल्टन बजार क्षेत्रका अन्य होटलहरूमा पनि पुलिसले खोजी गरिरहेको छ। यस ममिलामा विस्तृ विवरणको प्रतिक्षा छ।
--------
/ बिशाल