रायबरेलीमा पतिले लाठीले कुटेर  पत्नीको हत्या गऱ्यो
घटना के बाद जांच करती पुलिस


रायबरेली, 0७ अक्टोबर (हि.स.)। उत्तर प्रदेशको रायबरेली जिल्लामा बुधवार पतिले पत्नीलाई लाठीले कुटीकुटी हत्या गरेको छ। घटनाको सूचना पाएपछि पुगेको पुलिसले शवलाई पोस्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान शुरु गरेको छ।

बछरावाँ थाना क्षेत्रको हसनपुर गाउँ निवासी विद्यावती पछिल्लो पाँच वर्षदेखि आफ्नै घरमा एक्लै बस्दै आएकी थिइन् भने उनका पति रामनाथ गाउँ नजिकै रहेको एउटा बगैँचामा झुपड़ी बनाएर छुट्टै बस्दै आएका थिए। बुधवार बिहान लगभग ७ बजी विद्यावती दिसा गरेर फर्किँदै गर्दा रामनाथले उनलाई बाटोमै रोके। त्यसपछि दुवैबीच कुनै विषयलाई लिएर भनावैरी शुरू भयो। विवाद बढ्दै गएपछि रामनाथले लाठीले विद्यावतीमाथि लगातार प्रहार गरे। गम्भीर चोट लागेपछि उनी घटनास्थलमै रगताम्य भएर भुइँमा लड़िन्।

चिच्याएको आवाज सुनेपछि परिवारका सदस्य तथा स्थानीय बासिन्दा तत्काल घटनास्थलमा पुगे। रगतले लतपतिएकी विद्यावतीलाई तत्काल एम्बुलेन्स मार्फत सामुदायिक स्वास्थ्य केन्द्र पुर्याइयो, जहाँ चिकित्सकले जाँच गरेपछि उनलाई मृत घोषित गरे। पुलिसले आरोपी पति रामनाथलाई पक्राउ गरेको छ।

बछरावाँका थाना अध्यक्ष श्याम कुमार पालले आरोपीलाई पक्राउ गरिएको र परिवारका सदस्यको लिखित उजुरीका आधारमा मुद्दा दर्ता गरी थप कानूनी कारबाही भइरहेको बताए।

/ बिशाल


 rajesh pande