राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री सहित धेरै नेताहरूले ९४औँ वायुसेना दिवसमा सैनिकहरूलाई बधाई दिए
प्रतीकात्मक


नयाँ दिल्ली, 0८ अक्टोबर (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी सहित धेरै नेताहरूले बिहिवार ९४औँ वायुसेना दिवसका अवसरमा वायु योद्धा, पूर्वसैनिक तथा उनीहरूका परिवारजनलाई हार्दिक बधाई दिएका छन्।

राष्ट्रपति मुर्मुले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेकी छन्, “भारतीय वायुसेनाले आफ्नो दक्षता, अनुशासन तथा उच्च स्तरको तयारी कायम राख्दै देशको उत्कृष्ट सेवा गरेको छ। ‘अपरेशन सिन्दूर’ ले देशको सुरक्षा सुनिश्चित गर्न हाम्रा वायु योद्धाहरूको साहस, सटीकता तथा परिचालन तयारी प्रमाणित गरेको छ। उनीहरूले विपद् तथा मानवीय संकटका समयमा पनि बहुमूल्य सहायता प्रदान गरेका छन्। उनीहरूको समर्पण देशका लागि प्रेरणा र गौरवको स्रोत बनेको छ। भारतीय वायुसेनाले सेवा तथा उत्कृष्टताको आफ्नो गौरवशाली परम्परालाई यसैगरी कायम राखोस्।”

उपराष्ट्रपति सीपी राधाकृष्णनले भारतीय वायुसेनाको वीरता, व्यावसायिक दृष्टिकोण तथा कर्तव्यप्रतिको अटल निष्ठाले देशको सार्वभौमिकताको रक्षा गर्नुका साथै राष्ट्रलाई प्रेरित गरिरहेको बताए। मानवीय सहायता तथा विपद् राहतमा वायुसेनाको भूमिकाले संकटका समय मानवताको सेवा गर्ने यसको दृढ़ संकल्प प्रतिबिम्बित गर्ने उनले बताए। भारतीय वायुसेना नयाँ उचाइमा पुग्दै देशसेवाका लागि सदैव तत्पर रहोस् भन्ने उनले कामना गरे।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मा साझा गरेको भीडियो मार्फत आकाशको आफ्नै विशेषता हुने बताउँदै भारतीय वायुसेनाले आकाशमा आफ्नो शक्ति प्रदर्शन गरेर प्रत्येक देशवासीको ध्यान आकर्षित गर्नुका साथै सुरक्षाको अनुभूति गराएको बताए। पछिल्लो दशकमा वायुसेना सहित देशका सबै सुरक्षा बलले विश्वस्तरीय प्रविधि प्राप्त गरेको उनले बताए। भारतको वायुसेना अब हतियारसँगै तथ्याङ्क तथा ड्रोनको प्रयोगबाट पनि शत्रुलाई छक्याउन सक्षम बन्दै गएको मोदीले बताए। ‘अपरेशन सिन्दूर’ को प्रत्येक क्षणले भारतीय सेनाको सामर्थ्य प्रमाणित गरेको उनले उल्लेख गरे।

लोकसभा अध्यक्ष ओम बिरलाले वायुसेनाले आफ्नो गौरवशाली इतिहासमा साहस, अनुशासन, शौर्य तथा अदम्य संकल्पका यस्ता उदाहरण स्थापित गरेको बताए, जसले प्रत्येक भारतीयलाई गर्वित बनाएको छ। युद्धको मोर्चादेखि मानवीय सहायता तथा विपद् राहत अभियानसम्म देशका वायु योद्धाहरूले हरेक चुनौतीको दृढ़तापूर्वक सामना गरेको उनले बताए। आधुनिक प्रविधि, स्वदेशी क्षमता तथा नवीनता सहित भारतीय वायुसेना भविष्यका सुरक्षा चुनौतीका लागि आफूलाई तयार गरिरहेको उनले उल्लेख गरे।

रक्षामन्त्री राजनाथ सिंहले भारतीय वायुसेना साहस, वीरता, अनुशासन तथा व्यावसायिक दृष्टिकोणको प्रतीक रहेको बताए। अटल संकल्पका साथ वायु योद्धाहरूले सदैव देशको आकाशको रक्षा गर्दै आएको र देशमा संकट आउँदा हरेक चुनौतीको सामना गर्न तत्पर रहेको उनले बताए। उनीहरूको समर्पण र सेवाले भारतको सुरक्षा बलियो बनाउनुका साथै राष्ट्रिय एकता तथा सामूहिक संकल्पको भावनालाई पनि मजबुत बनाएको सिंहले उल्लेख गरे।

केन्द्रिय गृहमन्त्री तथा सहकारिता मन्त्री अमित शाहले वायु योद्धाहरू वास्तविक बहादुर योद्धा रहेको बताउँदै उनीहरूको अपराजेय वीरता, सटीक निशाना तथा शक्तिशाली आक्रमण क्षमताको प्रमाण पृथ्वी तथा अन्तरिक्षमा रहेका उपग्रहहरूले समेत दिइरहेको बताए। भारतका शत्रुहरूको गलत सपना समाप्त भइसकेपछि पनि उनीहरूको देशभक्ति र व्यावसायिक दृष्टिकोणले आगामी पुस्तालाई प्रेरित गरिरहने शाहले बताए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande