राहुल गान्धी र विपक्षमाथि नितिन नवीनको निशाना, ‘अराजकतावादी मानसिकता’ भएको आरोप
राहुल गान्धी र विपक्षमाथि नितिन नवीनको निशाना, ‘अराजकतावादी मानसिकता’ भएको आरोप


नयाँ दिल्ली, 0८ अक्टोबर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीनले राहुल गान्धी र विपक्षी दलहरूमाथि तीव्र हमला गरेका छन्। उनले विपक्षमाथि “अराजकतावादी मानसिकता”का साथ काम गरिरहेको र समाजमा “विष घोल्ने” प्रयास गरिरहेको आरोप लगाए। उनले विपक्षले निर्वाचन आयोगको कार्यप्रणालीमाथि प्रश्न उठाउन चाहन्छ भने पहिले राहुल गान्धीले आफ्नो पदबाट राजीनामा दिनुपर्ने बताए।

वाराणसी भ्रमणको दोस्रो दिन बिहिवार काशी विश्वनाथ मन्दिरमा दर्शन–पूजा गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै नितिन नवीनले भने, “म त यही भन्छु कि यी (राहुल गान्धी र विपक्ष) अराजकतावादी मानसिकताका मानिस हुन्, जसलाई केवल समाजमा विष घोल्न आउँछ।” उनले भने कि यदि त्यस्तो हो भने केरलामा पनि निर्वाचन यही निर्वाचन आयोगले गराएको थियो। तमिलनाडुमा, जहाँ उनीहरू पछाड़ीबाट सत्तामा पुगेका छन्, त्यहाँको निर्वाचन पनि यही निर्वाचन आयोगले गराएको थियो।

भाजपा अध्यक्षले विपक्षी दलका नेता राहुल गान्धीले घुसपैठियाहरूलाई संरक्षण दिने काम गरिरहेको आरोप लगाए। विभिन्न ठाउँबाट आएर भारतका मानिसहरूको अधिकार खोसिरहेका मानिसहरूलाई अधिकार दिलाउने प्रयास भइरहेको उनले बताए। उनले भने, “भारतका स्रोतसाधनमा, भारतको सम्पत्तिमा, भारतको भूमिमा यहाँका मानिसहरूको अधिकार छ भन्ने म मान्छु। विदेशी मानसिकताबाट मानिसहरूलाई यहाँ बसोबास गराउने जुन प्रयास भइरहेको छ, त्यस विरुद्ध भारतीय जनता पार्टी सधैँ लड्नेछ।”

हरेक दिन जनताबीच रहन्छ भाजपा कार्यकर्ता

उनले भारतीय जनता पार्टीका कार्यकर्ताहरू २४ घण्टा, सातै दिन काम गर्ने बताए। उनका लागि हरेक दिन काम र हरेक दिन निर्वाचन रहेको उनले बताए। “हामी केवल निर्वाचनको मौसममा आउने मानिस होइनौँ। हाम्रा कार्यक्रम, हाम्रा काम र जनतासँगको हाम्रो संवाद वर्षभरि चलिरहन्छ,” उनले भने।

काशी आउनु हाम्रो परम्परा हो

काशी विश्वनाथ मन्दिरमा दर्शन–पूजा गरेपछि बाबा विश्वनाथ धामको भव्यता र विस्तार देखेर हर्षित नितिन नवीनले भने, “बाबाको नगरीमा आएपछि हरेक भक्त, हरेक व्यक्ति नतमस्तक हुन्छ। हामी त बिहारबाट आएका हौँ। काशी आउनु हाम्रो परम्परा हो।”

उनले आफू यसअघि पनि धेरै पटक बाबाको आशीर्वाद लिन काशी विश्वनाथको नगरीमा आउने अवसर पाएको बताए। उनले भने कि पछिल्ला दिनहरूमा काशी विश्वनाथ करिडोरको पूर्ण रूपमा भव्य पुनर्निर्माण भएपछि आज प्रत्येक श्रद्धालुलाई राम्रो अनुभूति हुन्छ। गङ्गाको तटमा बाबाको दर्शन गर्न पाउनु सबैका लागि अद्भुत रहेको उनले बताए।

यसका लागि उनले प्रधानमन्त्री नरेन्द्र मोदी र प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई बधाई दिए। उनले भने, “करोड़ौं सनातनीहरूको आस्थाको केन्द्रलाई तपाईहरूले निकै भव्य र फरक स्वरूप दिनुभएको छ।”

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande