साउदी अरबका विमानस्थलमा भएका हमलाको भारतद्वारा निन्दा
विदेश मंत्रालय (MEA)


नयाँ दिल्ली, 0८ अक्टोबर (हि.स.)। भारतले बिहिवार साउदी अरबको रियाद स्थित आभा अन्तरराष्ट्रिय विमानस्थल र किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा पछिल्ला केही दिनमा भएका हमलाको कड़ा निन्दा गरेको छ। यी हमलामा सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य केही घाइते भएका छन्।

विदेश मन्त्रालयले नागरिक पूर्वाधारलाई निशाना बनाउनु पूर्ण रूपमा अस्वीकार्य रहेको कुरा पुनः दोहोर्याएको छ। साथै, हमलामा आफ्ना प्रियजन गुमाएका परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गरेको छ। मन्त्रालयले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आफू साउदी अरबका जनता र सरकारसँग एकजुट भएर उभिएको जनाएको छ।

उल्लेखनीय छ कि ६–७ अक्टोबरमा रियाद स्थित आभा अन्तरराष्ट्रिय विमानस्थल र किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा हुथी विद्रोहीहरूले गरेको हमलामा तीन जना सर्वसाधारणको मृत्यु भएको थियो भने अन्य ३६ जना घाइते भएका थिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande