एलन मस्कको स्टारलिङ्क विवादबारे सिन्धियाले भने– ‘भारतमा कुनै पनि क्षेत्रमा एकाधिकारलाई अनुमति छैन’
इंडिया मोबाइल कांग्रेस में ज्योतिरादित्य सिंधिया (फाइल फोटो)


नयाँ दिल्ली, 0९ अक्टोबर (हि.स.)। सञ्चार मन्त्री ज्योतिरादित्य सिन्धियाले शुक्रवार भारतमा कुनै पनि क्षेत्रमा एकाधिकारलाई अनुमति नदिइने बताएका छन्। उनले उपग्रह सञ्चार सेवा सञ्चालनका लागि तीन वटा कम्पनीले अनुमतिपत्र प्राप्त गरिसकेको र ती कम्पनीले सुरक्षा सम्बन्धी आवश्यकताहरू तथा निर्धारित मापदण्ड पूरा गरेपछि सेवा शुरु गर्न सक्ने स्पष्ट पारे। अमेरिकी उद्योगपति एलन मस्कको कम्पनी स्टारलिङ्कको सेवाबारे विवाद भइरहेका बेला सिन्धियाको यो भनाइ आएको हो।

उनले सरकारको उद्देश्य ग्राहकहरूलाई विभिन्न प्रविधि तथा सेवाका विकल्प उपलब्ध गराउनु रहेको बताए। ग्राहकहरूले खुला बजारमा आफूलाई मनपर्ने कम्पनीको सेवा छनोट गर्नसक्ने उनको भनाइ थियो।

भारतीय मोबाइल कांग्रेसमा शुक्रवार बोल्दै केन्द्रुय मन्त्री सिन्धियाले दूरसञ्चार विभागले प्रविधिका विषयमा कुनै एउटा विकल्पको पक्ष नलिने बताए। विभागको जिम्मेवारी सबै ग्राहकलाई विभिन्न सेवाका विकल्प उपलब्ध गराउनु रहेको उनले उल्लेख गरे। साथै, कम्पनीहरूले सुरक्षा मापदण्ड र निर्धारित प्रक्रियाहरूको पालना गर्नुपर्ने स्पष्ट पार्दै त्यसपछि मात्र भारतमा सेवा सञ्चालन गर्न सक्ने बताए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande