टीबी उन्मूलनको दिशामा भारतद्वारा उल्लेखनीय प्रगति हासिल : टीबीबाट हुने मृत्यु दरमा 38% को कमी, 94% उपचार सफलता दर
टीबी उन्मूलनको दिशामा भारतद्वारा उल्लेखनीय प्रगति हासिल : टीबीबाट हुने मृत्यु दरमा 38% को कमी, 94% उपचार सफलता दर


डब्लुएचोको वैश्विक क्षयरोग प्रतिवेदन 2026 मा टीबीबाट हुने मृत्युहरूमा कमी ल्याउनका साथै उपचारका परिणामहरू उत्तम बनाउन भारतको उल्लेखनीय प्रगतिलाई रेखाङ्कित गरिएको छ

भारतले टीबीबाट हुने मृत्यु दरमा अहिलेसम्मकै सर्वाधिक 38% गिरावट दर्ता गरेको छ, जुन वैश्विक स्तरमा भएको 35% को कमीभन्दा धेरै हो

प्रधानमन्त्रीको टीबीमुक्त भारतको दूरदृष्टिले शीघ्र पहिचान, उन्नत नैदानिक तकनिकी, पोषण सम्बन्धी सहायता तथा जनभागीदारीको माध्यमद्वारा देशभरी व्यापक परिवर्तनलाई गति दिइरहेको छ

टीबीमुक्त भारत अभियान अन्तर्गत 25 करोडभन्दा धेरै मानिससम्म पहुँच बनाइयो; 11 करोडभन्दा धेरै छात्तीको एक्स-रे अनि 3 करोड मोलिक्युलर जाँच गरियो

गहन जाँचको माध्यमद्वारा टीबीका कूल 48.64 लाख मामिला पत्तो लगाइयो, जसमा लक्षणबिनाका 14.97 लाख मामिला पनि सामेल छन्

टीबी कार्यक्रमको 96% वित्तपोषण आवश्यकता घरेलु संसाधनद्वारा पूरा गरियो, जुन टीबी उन्मूलनप्रति भारतको प्रतिबद्धताको परिचायक हो

नयाँ दिल्ली, 13 नोभेम्बर 2026।

भारतले क्षय रोग (टीबी) विरुद्ध आफ्नो लडाईमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। वर्ष 2015 पछि देशमा टीबीबाट हुने मृत्युको दरमा 38% गिरावट दर्ता गरिएको छ भने वैश्विक स्रमा यस्ता मृत्युको दरमा 35% कमी आएको छ। यसका साथै, टीबीरोदी औषधि बेअसर रहने क्षय रोगीहरूको उपचारको सफलता दर पनि 94% सम्म पुगेको छ। 12 नोभेम्बर, 2026 को दिन जारी विश्व स्वास्थ्य सङ्गठनको (डब्लुएचओ) वैश्विक क्षय रोग प्रतिवेदन 2026 मा यी उपलब्धिहरू रेखाङ्कित गरिएका छन्। यी उपलब्धिहरूले शीघ्र पहिचान, समयमा उपचार, तकनिकी नवाचार अनि रोगीहरूको व्यापक हेरचाहको माध्यमद्वारा टीबी उन्मूलनको दिशामा भारतको निरन्तर प्रगति दर्शाउँछ।

भारतमा टीबीबाट हुने मृत्यु दरमा कमीले देशमा क्षय रोगबाट हुने मृत्युमा कमी ल्याउने दिशामा गरिएका प्रभावी प्रयासलाई दर्शाउँछ। यस प्रगतिले राष्ट्रिय टीबी उन्मूलन कार्यक्रम (एनटीईपी) अन्तर्गत गरिएका प्रयासहरूलाई दर्शाउँछ, जसमा एआइ सक्षम एक्स-रेको उपयोग, तेजीका साथ निदान, तुरुन्त उपचार शुरु गर्नु, विवेभेदित टीबी हेरचाह अनि नि-क्षय पोषण योजनाका साथै नि-क्षय मित्र पहलको माध्यमद्वारा पोषण सम्बन्धी सहायतासहित सक्रिय मामिला पत्तो लगाउन सामेल छन्। यी प्रयासहरूलाई कैयौं एआइ आधारित उपकरणको पनि सहयोग प्राप्त भएको थियो। यसमा टीबीको हटस्पट चिन्हित गर्ने, प्रतिकूल परिणामको आशङ्का भएका हाई-रिस्क टीबीको मामिला पहिचान गर्नका साथै पूर्वानुमान लगाउने तथा “खुशी” – एआइ च्याटबट अनि अवतार भिडियो जस्ता उपकरण सामेल छन्।

उपचारको दिशामा 94% को उच्च सफलता दरले भारतको रोगी केन्द्रित दृष्टिकोण, ठोस उपचार व्यवस्था अनि टीबीबाट प्रभावित व्यक्तिहरूलाई निरन्तर सहायता प्रदान गर्ने प्रयासको प्रभावशीलतालाई अरू बढी प्रमाणित गर्दछ।

प्रधानमन्त्री श्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्त्वमा टीबी विरुद्ध भारतको लडाईले अब एउटा राष्ट्रव्यापी जनआन्दोलनको रूप लिइसकेको छ। यस अभियानमा सरकारी संस्थान, स्वास्थ्य सेवा विशेषज्ञ, समुदाय अनि नागरिकहरू एकजुट हुँदै टीबीमुक्त भारतको लक्ष्यको दिशामा सामूहिक प्रयास गरिरहेका छन्। प्रधानमन्त्रीद्वारा जनभागीदारीमाथि विशेष जोड दिनुबाहेक, टीबीमुक्त भारत अभियानले समुदाय आधारित जाँच, एआइ आधारित छात्तीको एक्स-रे, त्वरित मोलिक्युलर जाँच, टीबीबाट बाँच्नका लागि निवारक उपचार तथा पोषण सम्बन्धी सहायतालाई गति दिइऱहेको छ। यसको माध्यमद्वारा आवश्यक स्वास्थ्य सेवाहरूलाई समाजका कमजोर अनि संवेदनशील वर्गको नजिक पुऱ्याइँदैछ।

टीबी उन्मूलनप्रति भारतको प्रतिबद्धता, टीबी कार्यक्रमको कूल वित्तपोषण आवश्यकताको 98% हिस्सा घरेलु संसाधनद्वारा पूरा गरिरहेको तथ्यले पनि यसलाई परिलक्षित गर्दछ। यसले टीबी उन्मूलनको निम्ति देशमा निरन्तर निवेश, प्रबल राजनीतिक प्रतिबद्धता तथा सरकारको सबै अङ्ग अनि समाजका सबै वर्गको सामूहिक भागीदारीमा आधारित समग्र दृष्टिकोणलाई दर्शाउँछ।

टीबीमुक्त भारत अभियान : 25 करोडभन्दा धेरै मानिसलाई गहन जाँचको परिधिमा ल्याइयो

टीबीमुक्त भारत अभियान, देशमा क्षय रोग उन्मूलनको प्रयासलाई गति दिने एउटा प्रमुख अभियान बनेर स्थापित भएको छ। यसले सक्रिय जाँच, प्रौद्योगिकी आधारित निदान अनि सामुदायिक भागीदारीको माध्यमद्वारा टीबीको पहिचान गर्ने दृष्टिकोणमा व्यापक परिवर्तन ल्याएको छ।

पहिले 100 दिवसीय गहन अभियान 7 दिसम्बर 2024 मा 33 राज्य अनि केन्द्र शासित प्रदेशहरूका 347 उच्च प्राथमिकताका जिल्लाहरूमा शुरु गरिएको थियो। पछि, शीघ्र पहिचानलाई बलियो बनाउन, विशेष गरी कमजोर अनि उच्च जोखिमवर्गबीच टीबीको मामिलामा समय रहँदै पत्तो लगाउने उद्देश्यका साथ यसको विस्तार पूरा देशमा गरिएको थियो। यस अभियानबाट प्राप्त पाठ अनि यस दिशामा बनेको गतिलाई अघि बढाउँदै, भारत सरकारले मार्च 2026 मा एउटा अन्य 100 दिवसीय गहन अभियान शुरु गरेको थियो। यस अन्तर्गत 1.58 उच्च जोखिम रहेका गाउँ अनि वार्ड, सामूहिक निवास स्थल तथा संवेदनशील जनसङ्ख्याबीच टीबीको जाँचमाथि विशेष ध्यान केन्द्रित गरिएको थियो।

7 दिसम्बर 2024 देखि 8 नोभेम्बर 2026 बीच यस अभियान अन्तर्गत उल्लेखनीय प्रगति दर्ता गरिएको थियो :

• 25 करोडभन्दा धेरै मानिसको पहिचान गरी उनीहरूलाई टीबी जाँचको परिधिभित्र ल्याइयो।

• शीघ्र पहिचानलाई बलियो बनाउनका लागि 11 करोडभन्दा धेरै छात्तीको एक्स-रे गरियो।

• त्वरित एवं सटीक निदानका लागि 3 करोडभन्दा धेरै न्युक्लिक एसिड एम्प्लिफिकेशन परीक्षण (एनएएटी) गरियो।

• टीबीका 48.64 लाख नयाँ मामिलाको पहिचान गरियो, जसमा 14.97 लाख लक्षण नदेखिने मामिला सामेल छन्।

लक्षण नदेखिने करिब 15 लाख टीबी रोगीहरूको पहिचान विशेष रूपमा महत्त्वपूर्ण छ। यसले ती व्यक्तिहरू पत्तो लगाउनमा सक्रिय जाँचको प्रभावशीलतालाई दर्शाउँछ, जसको रोगको पहिचान अन्यथा हुनसक्ने थिएन। समय रहँदै रोगीको पहिचान हुनुले चाँडै उपचार सुनिश्चित गर्न, टीबीको सङ्क्रमण प्रसारलाई कम्ति गर्न र रोगीलाई गम्भीर अवस्थामा पुग्नबाट रोक्न सहयोग पुग्ने गर्दछ।

उपचारको परिणाममा सुधार ल्याउनका लागि यस अभियान अन्तर्गत समयमा उपचार शुरु गर्ने, रोगीको आवश्यकता अनुरूप विभेदित हेरचाह, पोषण सम्बन्धी सहायता अनि समुदाय आधारित निरन्तर सहयोगमाथि विशेष ध्यान दिइँदैछ। यी प्रयासहरूको परिणामस्वरूप वर्ष 2025 मा 67,933 ग्राम पञ्चायतलाई टीबीमुक्त घोषित गरियो।

प्रौद्योगिकी अनि नवाचारले टीबी जाँच अनि हेरचाहमा व्यापक परिवर्तन ल्याइरहेको छ

टीबीको जाँच अनि निदानलाई बढी तेज, सटीक अनि सुलभ बनाउनका लागि भारतले उन्नत प्रौद्योगिकी तेजीका साथ उपयोग गरिरहेको छ।

पोर्टेबल एआइ सक्षम डिजिटल एक्स-रे मशिनको उपयोग, एनएएटीसहित त्वरित मोलिक्युलर जाँच तकनिकीको विस्तारका साथै जाँच सम्बन्धी बुनियादी पूर्वाधारलाई सुदृढ बनाउनुले विभिन्न भौगोलिक एवं सामाजिक परिस्थितिमा बसोबासो गर्ने जनमानससम्म पुग्ने यस कार्यक्रमको क्षमतामा उल्लेखनीय वृद्धि भएको छ।

नि-क्षय डिजिटल मञ्चले रोगीहरूको निगरानीसहित उपचारको प्रगतिमा नजर राख्दै कार्यक्रमको प्रबन्धनमा सहायता प्रदान गर्दछ। यसबाट रोगीहरूको निरन्तर हेरचाह सुनिश्चित गर्न र समयमा आवश्यक हस्तक्षेप गर्ने व्यवस्था सुदृढ बनेको छ।

यसका अतिरिक्त, टीबीको जाँचलाई मधुमेह, कुपोषण अनि अन्य सहवर्ती रोगको पहिचान एवं तिनीहरूको प्रबन्धनका साथ एकिकृत गरिँदैछ। यसबाट रोगीहरूलाई व्यापक अनि उनीहरूको आवश्यकता अनुरूप समग्र उपलब्ध गराउन सघाउ पुगिरहेको छ।

पोषण सम्बन्धी सहायता भारतको टीबी उन्मूलन रणनीतिको प्रमुख स्तम्भ बनेको छ। नि-क्षय पोषण योजनाको माध्यमद्वारा पात्र रोगीहरूलाई उपचारको अवधिका समय उनीहरूको पोषण सम्बन्धी आवश्यकता पूरा गर्नका लागि वित्तीय सहायता प्रदान गरिन्छ। नि-क्षय मित्र पहल अन्तर्गत व्यक्तिहरू, संस्थान अनि सङ्गठनहरूलाई एकजुट गरी टीबी रोगीहरूलाई पोषण सम्बन्धी एवं मनो-सामाजिक सहायता उपलब्ध गराइन्छ।

उत्तम निदान अनि रोगीहरूको नियमित निगरानीसहित यी सबै प्रयासले उपचारको राम्रो परिणाम सुनिश्चित गर्नका साथै टीबीबाट हुने मृत्यु दर घटाउन महत्त्वपूर्ण योगदान दिइरहेको छ।

टीबी उन्मूलन सम्बन्धी भारतको प्रगतिलाई सुदृढ वैज्ञानिक निगरानी तथा साक्ष्यको समर्थन प्राप्त छ।

टीबी उन्मूलनको क्षेत्रमा भारतको उपलब्धिलाई सुदृढ महामारी विज्ञान सम्बन्धी निगरानी, वैज्ञानिक अनुसन्धान तथा साक्ष्य आधारित टीबी अनुमान प्रणालीको पनि समर्थन प्राप्त छ।

विश्व स्वास्थ्य सङ्गठनको वैश्विक क्षय रोग प्रतिवेदन 2026 मा टीबीबाट हुने मृत्यु दरको अनुमानलाई ठोस बनाउनका लागि कैयौं पूरक स्रोतबाट प्राप्त साक्ष्यहरूलाई पनि सामेल गरिएको छ। यसमा भारतका महापञ्जियकको नमूना पञ्जिकरण प्रणाली (आरजीआइ/ एसआरएस), समुदाय स्तरमा संवादको माध्यमद्वारा मृत्युको कारणको आकलन तथा नि-क्षय पोर्टलबाट प्राप्त कार्यक्रम सम्बन्धी आँकडा सामेल छन्।

यी आकलनहरूका आधारमा, भारतमा टीबीबाट हुने अनुमानित मृत्यु दरमा 38% को कमी दर्ता गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ। वर्ष 2015 मा प्रति लाख जनसङ्ख्यामा यो दर 28 थियो, जुन वर्ष 2025 मा घटेर प्रति लाख जनसङ्ख्यामा 18 पुगेको छ।

भारतीय चिकित्सा अनुसन्धान परिषद – राष्ट्रिय क्षय रोग अनुसन्धान संस्थानले (आइसीएमआर-एनआइआरटी) वर्ष 2025 मा देशभरी टीबीको विस्तारको सर्वेक्षण गरेको थियो। यस सर्वेक्षणको निष्कर्षलाई विश्व स्वास्थ्य सङ्गठनका साथ साझा गरिसकिएको छ र त्यसमाथि तकनिकी स्तरमा विचार-विमर्श जारी छ। यो प्रक्रिया पूरा भएपछि डब्लुएचओले भारतको निम्ति अद्यतन देश प्रोफाइल प्रकाशित गर्नेछ।

जनभागीदारी : टीबी उन्मूलनलाई जनआन्दोलन बनाउनु

भारतको टीबी उन्मूलन प्रयासहरूको एउटा प्रमुख विशेषता समुदाय अनि संस्थानहरूलाई यस राष्ट्रिय मिशनमा सक्रिय भागीदारका रूपमा सङ्गठित गर्नुरहेको छ।

पञ्चायतीराज संस्थान, शहरी स्थानीय निकाय, निर्वाचित जनप्रतिनिधि, सामाजिक सङ्गठन, निजी स्वास्थ्य सेवा प्रदाता, करपोरेट भागीदारी अनि सामुदायिक नेताहरूको भागीदारीले धरातल स्तरमा जागरूकता फैलाउन, टीबीको जाँच, पोषण सम्बन्धी सहायता अनि रोगीहरूको हेरचाहलाई प्रबल बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन्।

नि-क्षय मित्र पहललेनागरिक अनि संस्थानहरूलाई टीबीको उपचार गराइरहेका रोगीहरूको स्वास्थ्य लाभ अनि कल्याणमा सीधै योगदान दिन प्रोत्साहित गरेको छ। यसबाट सामूहिक जिम्मेवारी अनि सहभागिताको भावनाले बल पाएको छ।

यसै गतिलाई अघि बढाउँदै, जोश टीम पहलको माध्यमद्वारा टीबी उन्मूलनको जनआन्दोलनमा युवाहरूको भागीदारीलाई बढावा दिइँदैछ। यस अन्तर्गत नामित प्रथम श्रेणीका अधिकारीको नेतृत्त्वमा खण्ड अनि वार्ड स्तरमा टीमहरूको गठन गरिँदैछ तथा यसमा राष्ट्रिय क्याडेट कोरका (एनसीसी) पाँच क्याडेट अनि माई भारतका पाँच स्वयंसेवकले सहयोग गर्नेछन्।

जागरूकता फैलाउने, समुदायसम्म पहुँच बनाउने र मानिसहरूलाई सङ्गठित गर्ने माध्यमद्वारा जोशका टीमहरूले धरातल स्तरमा जनभागीदारीलाई बलियो बनाउनका साथै टीबीमुक्त भारतको लक्ष्यलाई अघि बढाउन महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्।

टीबीमुक्त भारतको दिशामा प्रगतिको गतिलाई कायम राख्नु

डब्लुएचओको वैश्विक क्षय रोग प्रतिवेदन, 2026 मा रेखाङ्कित उपलब्धिहरूले सार्वजनिक स्वास्थ्यको क्षेत्रमा भारतको निरन्तर निवेश, तकनिकी नवाचार, वैज्ञानिक निगरानी तथा समुदाय आधरित पहलहरूको माध्यमद्वारा गरिएका प्रयासहरूलाई दर्शाउँछ।

टीबीबाट हुने मृत्यु दरमा 38% कमी, उपचारको 94% सफलता दर तथा टीबीमुक्त भारत अभियान अन्तर्गत अभूतपूर्व स्तरमा गरिएका जाँच, टीबी उन्मूलनको दिशामा भारतको यात्राका महत्त्वपूर्ण उपलब्धिहरू हुन्।

सरकारद्वारा गहन जाँच अभियान, गुणस्तरीय निदान सुविधासम्म व्यापक पहुँच, समयमा प्रभावी उपचार, टीबीबाट जोगिनका लागि निवारक उपचार, पोषण सम्बन्धी सहायता र समुदायको व्यापक भागीदारीको माध्यमद्वारा यी उपलब्धिहरू अघि बढाउने प्रयास जारी राखिनेछ।

प्रधानमन्त्री श्री नरेन्द्र मोदीको नेतृत्त्वमा भारत वैश्विक टीबी लक्ष्यको दिशामा प्रगतिलाई गति दिनका साथै टीबीमुक्त भारतको परिकल्पनालाई साकार गर्न पूर्णरूपले प्रतिबद्ध छ। यस दिशामा डब्लुएचओ, अनुसन्धान संस्थान, राज्य एवं केन्द्र शासित प्रदेशहरू, विकास साझेदार अनि समुदायका साथ मिलेर काम गरिँदैछ।

“टीबी हार्नेछ, देशले जित्नेछ”

(पीआइबी)

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande