
नयाँ दिल्ली, ११ नोभेम्बर (हि.स.)। घरेलु सर्राफा बजारमा आज भाइटीकाको दिन सुनको मूल्यमा गिरावट देखिएको छ। चेन्नईबाहेक देशका अधिकांश सर्राफा बजारमा आज सुनको मूल्य प्रतिदश ग्राम १ हजार ७७० रुपियाँदेखि १ हजार ९६० रुपैयाँसम्म सस्तो भएको छ। त्यस्तै, चेन्नईमा सुनको मूल्य प्रतिदश ग्राम ४५० रुपियाँदेखि ४९० रुपियाँसम्म घटेको छ। अर्कोतर्फ, चाँदीको मूल्यमा भने लगातार दोस्रो दिन पनि कुनै परिवर्तन भएको छैन। यो चम्किलो धातुको कारोबार आज पनि सोमबारकै मूल्यमा भइरहेको छ।
मूल्यमा परिवर्तन भएपछि आज देशका अधिकांश सर्राफा बजारमा २४ क्यारेट सुन प्रतिदश ग्राम १ लाख ४२ हजार ६८० रुपियाँदेखि १ लाख ४४ हजार १२० रुपियाँसम्म कारोबार भइरहेको छ। त्यसैगरी, २२ क्यारेट सुन प्रतिदश ग्राम १ लाख ३० हजार ७९० रुपियाँदेखि १ लाख ३२ हजार ११० रुपियाँसम्म बिक्री भइरहेको छ। चाँदीको मूल्यमा कुनै परिवर्तन नभएकाले दिल्लीको सर्राफा बजारमा आज पनि यो चम्किलो धातु प्रतिकिलोग्राम २ लाख ४ हजार ९०० रुपियाँमा बिक्री भइरहेको छ।
दिल्लीमा आज २४ क्यारेट सुन प्रतिदश ग्राम १ लाख ४२ हजार ८३० रुपियाँमा कारोबार भइरहेको छ भने २२ क्यारेट सुनको मूल्य १ लाख ३० हजार ९४० रुपियाँ कायम भएको छ। त्यस्तै, देशको आर्थिक राजधानी मुम्बईमा २४ क्यारेट सुन प्रतिदश ग्राम १ लाख ४२ हजार ६८० रुपियाँ र २२ क्यारेट सुन १ लाख ३० हजार ७९० रुपियाँमा बिक्री भइरहेको छ। त्यसैगरी, अहमदाबादमा २४ क्यारेट सुनको खुद्रा मूल्य प्रतिदश ग्राम १ लाख ४२ हजार ७३० रुपियाँ र २२ क्यारेट सुनको मूल्य १ लाख ३० हजार ८४० रुपैयाँ कायम भएको छ।
यी प्रमुख सहरहरूबाहेक चेन्नईमा आज २४ क्यारेट सुन प्रतिदश ग्राम १ लाख ४४ हजार १२० रुपियाँ र २२ क्यारेट सुन १ लाख ३२ हजार ११० रुपैयाँमा बिक्री भइरहेको छ। त्यसैगरी, कोलकातामा २४ क्यारेट सुन प्रतिदश ग्राम १ लाख ४२ हजार ६८० रुपियाँ र २२ क्यारेट सुन १ लाख ३० हजार ७९० रुपियाँमा कारोबार भइरहेको छ। भोपालमा २४ क्यारेट सुनको मूल्य १ लाख ४२ हजार ७३० रुपियाँ कायम भएको छ भने २२ क्यारेट सुन १ लाख ३० हजार ८४० रुपियाँमा बिक्री भइरहेको छ।
जयपुरमा २४ क्यारेट सुन प्रतिदश ग्राम १ लाख ४२ हजार ८३० रुपियाँ र २२ क्यारेट सुन १ लाख ३० हजार ९४० रुपियाँमा बिक्री भइरहेको छ। पटनामा २४ क्यारेट सुनको मूल्य १ लाख ४२ हजार ७३० रुपियाँ कायम भएको छ भने २२ क्यारेट सुन १ लाख ३० हजार ८४० रुपियाँमा बिक्री भइरहेको छ। चण्डीगढमा २४ क्यारेट सुनको मूल्य १ लाख ४२ हजार ८३० रुपियाँ कायम भएको छ भने २२ क्यारेट सुन १ लाख ३० हजार ९४० रुपियाँमा बिक्री भइरहेको छ। लखनउको सर्राफा बजारमा आज २४ क्यारेट सुन प्रतिदश ग्राम १ लाख ४२ हजार ८३० रुपियाँ र २२ क्यारेट सुन १ लाख ३० हजार ९४० रुपियाँमा बिक्री भइरहेको छ।
देशका अन्य राज्यहरूमा जस्तै कर्नाटक, तेलङ्गाना र ओडिशाका सर्राफा बजारमा पनि आज सुनको मूल्य घटेर कारोबार भइरहेको छ। यी तीनै राज्यका राजधानी सहरहरू बेङ्गलुरु, हैदराबाद र भुवनेश्वरमा आज २४ क्यारेट सुन प्रतिदश ग्राम १ लाख ४२ हजार ६८० रुपियाँमा कारोबार भइरहेको छ। त्यसैगरी, यी तीनै सहरका सर्राफा बजारमा २२ क्यारेट सुन प्रतिदश ग्राम १ लाख ३० हजार ७९० रुपियाँमा बिक्री भइरहेको छ।
हिन्दुस्थान समाचार / बिशाल