
मुम्बई, ११ नोभेम्बर (हि.स.)। रणबीर कपूर अभिनीत फिल्म ‘रामायण: भाग १’ ले बक्स अफिसमा लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको छ। सप्ताहन्तपछि पनि कार्यदिवसहरूमा फिल्मको कमाई मजबुत बनेको छ। प्रदर्शन भएको छ दिनमै फिल्मले विश्वभर ८०० करोड रुपियाँको आँकडा पार गरेको छ। भारतसँगै विदेशी बजारहरूमा पनि फिल्मले दर्शकहरूको राम्रो प्रतिक्रिया पाइरहेको छ।
सैकनिल्कको प्रारम्भिक आँकडाअनुसार, फिल्मले छैटौँ दिन अर्थात् मङ्गलबार भारतमा ९४.१० करोड रुपियाँको कारोबार गरेको छ। यससँगै फिल्मको घरेलु नेट कलेक्सन ४४०.४५ करोड रुपियाँ र ग्रस कलेक्सन ५२६.५० करोड रुपियाँ पुगेको छ। त्यस्तै, विदेशी बजारमा छैटौँ दिन फिल्मले करिब ३५ करोड रुपियाँ कमाएको छ। यससँगै विदेशमा कुल कमाई २९७ करोड रुपियाँ पुगेको छ। यसरी फिल्मको विश्वव्यापी कुल ग्रस कलेक्सन ८२३.५० करोड रुपियाँ पुगेको छ।
यसअघि सोमबार फिल्मले १०७.५० करोड रुपियाँ कमाउँदै उत्कृष्ट प्रदर्शन गरेको थियो। मङ्गलबार कमाइमा करिब १२.५ प्रतिशत गिरावट आएको भए पनि फिल्मको कारोबार मजबुत बनेको छ।
नितेश तिवारीको निर्देशन तथा नमित मल्होत्राको निर्माणमा बनेको यस फिल्ममा साई पल्लवी, यश, रवि दुबे, रकुल प्रीत सिंह, अरुण गोविल र लारा दत्ताले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल