कश्मीर उपत्यकामा लश्करका अन्तिम सक्रिय स्थानीय आतङ्कवादी लतीफ भट मारिए
केंद्रीय गृह मंत्री अमित शाह (फाइल फोटो)


नयाँ दिल्ली, १८ नोभेम्बर (हि.स.)। केन्द्रिय गृहमन्त्री अमित शाहले जम्मू-कश्मीरको कुलगाममा सुरक्षा बलले लश्कर-ए-तैयबाको कमान्डर मोहम्मद लतीफ भटलाई मारेको बताएका छन्। उनले लतीफ भटलाई कश्मीर उपत्यकामा लश्करका अन्तिम ज्ञात सक्रिय स्थानीय आतङ्कवादी रहेको बताएका छन्।

अमित शाहले बुधवार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जम्मू-कश्मीर पुलिस, भारतीय सेना, केन्द्रिय रिजर्भ पुलिस बल (सीआरपीएफ) तथा गुप्तचर निकायहरूको संयुक्त प्रयासमा बुधवार बिहान सबेरै कुलगाममा अभियान सञ्चालन गरी लतीफ भटलाई मारिएको जानकारी दिएका छन्। उनी अनुसार, लतीफका अर्का आतङ्कवादी सहयोगी उमर निसारलाई यसअघि एक दिन अगाड़ी नै कुलगाममा मारिएको थियो। उनले यस अभियानलाई सुरक्षा निकायहरूबीचको उच्चस्तरीय समन्वयको उदाहरण बताएका छन्।

गृहमन्त्री शाहले अभियानमा संलग्न जम्मू-कश्मीर पुलिस, सेना, सीआरपीएफ तथा गुप्तचर निकायका जवानहरूको साहसको प्रशंसा गर्दै राष्ट्रले उनीहरूको वीरतालाई सलाम गर्ने बताएका छन्।

यसैबीच, कश्मीर जोन पुलिसले बुधवार बिहान ‘एक्स’ मार्फत भिड़न्तस्थलबाट मारिएको एक आतङ्कीको शव तथा हतियार जफत गरिएको जानकारी दिएको छ। मारिएका आतङ्कीको पहिचान कुलगामको ख्रेवां निवासी मोहम्मद लतीफ भटका रूपमा गरिएको छ।

सीआरपीएफका महानिदेशक जीपी सिंहले पनि अभियानमा संलग्न जवानहरूलाई बधाई दिएका छन्। उनले ‘एक्स’ मा लेखेका छन्, “बधाई छ साथीहरू। केही परिकार चिसो अवस्थामा पस्किँदा मात्रै अझ् राम्रो लाग्छन्, चिसो मौसममा पनि।”

उपलब्ध जानकारी अनुसार, २२ वर्षीय लतीफ भट यसअघि बढ़ाईको काम गर्थ्यो र उमाथि १५ लाख रुपियाँको पुरस्कार घोषणा गरिएको थियो। उ ११ नोभेम्बरमा कुलगाम स्थित सीआरपीएफको जाँच चौकीमा भएको आक्रमणमा कथित रूपमा संलग्न थियो। उक्त घटनामा तीन जना सुरक्षाकर्मी घाइते भएका थिए।

बताइए अनुसार, अभियानका क्रममा सुरक्षा बलले लतीफ भटलाई आत्मसमर्पण गर्न पटक-पटक अवसर दिएको थियो। उसलाई भीडियो कलमार्फत पनि सम्झाउने प्रयास गरिएको थियो। तर, उसले आत्मसमर्पण गर्न अस्वीकार गरेपछि सुरक्षा बलले कारबाही गरेको थियो। उ एउटा मस्जिदभित्र लुकेर बसेको थियो। उसलाई बाहिर निकाल्न सुरक्षा बलले अश्रुग्यास समेत प्रयोग गरेको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande