तिरुवन्नामलाई दीपोत्सव: भरणी दीपम र महादीपमको दर्शनका लागि निःशुल्क अनलाइन बुकिङ आज बिहान ११ बजीदेखि
तिरुवन्नामलाई दीपोत्सव


तिरुवन्नामलाई (तमिलनाडु), १८ नोभेम्बर (हि.स.)। तमिलनाडुको तिरुवन्नामलाईस्थित अरुणाचलेश्वर मन्दिरमा २४ नोभेम्बरका दिन आयोजना हुने भरणी दीपम र महादीपमको दर्शनका लागि ३ हजार निःशुल्क प्रवेश टिकटको अनलाइन बुकिङ आज बिहान ११ बजीदेखि शुरु हुनेछ। श्रद्धालुहरूले मन्दिरको आधिकारिक वेबसाइटमार्फत २० नोभेम्बर साँझ ३ बजीसम्म पञ्जीकरण गराउन सक्नेछन्।

विश्वप्रसिद्ध तिरुवन्नामलाई अन्नामलैयार मन्दिरको वार्षिक कार्तिगई दीपोत्सव लाखौँ श्रद्धालुहरूको भक्ति र उत्साहका बीच भव्य रूपमा मनाइन्छ। यस वर्ष २४ नोभेम्बरका दिन बिहान सबेरै भरणी दीपम र साँझ २ हजार ६६८ फिट अग्लो अरुणाचल पहाडमा महादीपम प्रज्वलित गरिनेछ।

यस वर्ष दीपोत्सवमा सहभागी हुने श्रद्धालुहरूको सुविधाका लागि तमिलनाडु सरकार तथा हिन्दू धार्मिक एवं धर्मार्थ बन्दोबस्ती विभागले विशेष व्यवस्था गरेको छ। पहिलोपटक दुवै दीपको दर्शनका लागि पूर्ण रूपमा निःशुल्क प्रवेशको सुविधा उपलब्ध गराइँदैछ। यसअन्तर्गत अनलाइन पञ्जीकरणमार्फत कुल ३ हजार श्रद्धालुलाई प्रवेश टिकट जारी गरिनेछ।

निर्धारित व्यवस्थाअनुसार, भरणी दीपमको दर्शनका लागि तिरुवन्नामलाई जिल्लाका ५०० र अन्य जिल्लाका ५०० श्रद्धालुलाई टिकट उपलब्ध गराइनेछ। त्यसैगरी, महादीपमको दर्शनका लागि जिल्लाका १ हजार र अन्य जिल्लाका १ हजार श्रद्धालुलाई टिकट आवंटन गरिने योजना बनाइएको छ।

पञ्जीकरणका लागि श्रद्धालुहरूले आधिकारिक वेबसाइटमा आफ्नो आधार नम्बर प्रविष्ट गर्नुपर्नेछ। त्यसपछि मोबाइलमा प्राप्त हुने ओटीपीमार्फत प्रमाणीकरण प्रक्रिया पूरा गरी निःशुल्क प्रवेश टिकटका लागि आवेदन दिन सक्नेछन्।

अनलाइन आवेदन दिएका श्रद्धालुहरूको छनोट २० नोभेम्बरका दिन साँझ ४ बजी कम्प्युटर प्रणालीमार्फत गरिनेछ। छनोट भएका श्रद्धालुहरूलाई एसएमएसमार्फत प्रवेश टिकट पठाइनेछ।

उल्लेखनीय छ, गत वर्ष भरणी दीपम र महादीपमको दर्शनका लागि ५०० देखि ६०० रुपियाँसम्म शुल्क लिइएको थियो। तर, यस वर्ष दर्शन पूर्ण रूपमा निःशुल्क राखिएको छ। यसबाट सर्वसाधारण तथा आर्थिक रूपमा कमजोर श्रद्धालुहरूले समेत कुनै आर्थिक भार नबेहोरी अन्नामलैयारका पवित्र दीपहरूको प्रत्यक्ष दर्शन गर्ने अवसर प्राप्त गर्नेछन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande