युवाले भारतलाई विकसित राष्ट्र बनाउने सङ्कल्प लिनुपर्छ : प्रधानमन्त्री
प्रधानमंत्री  शनिवार को पश्चिम बंगाल के आईआईटी खड़गपुर के प्लेटिनम जुबली समारोह को संबोधित कते हुए।


- पश्चिम बङ्गालमा आईआईटी खड्गपुरको प्लेटिनम जुबली समारोहमा विशेष स्मारक सिक्का जारी

नयाँ दिल्ली, २१ नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले युवाहरूलाई सीमित सोचबाट बाहिर निस्केर नयाँ सम्भावनाहरूको खोजी गर्न र देशका चुनौतीहरूको समाधानमा योगदान दिन आह्वान गरेका छन्। उनले आईआईटी खड्गपुरको स्थापनाको १००औँ वर्षगाँठसम्म भारतलाई विकसित राष्ट्र बनाउने सङ्कल्प लिनुपर्ने बताए। चिपदेखि जहाजसम्मको निर्माण भारतमै हुनेछ र यसमा युवाहरूको महत्त्वपूर्ण भूमिका रहनेछ।

प्रधानमन्त्रीले शनिवार पश्चिम बङ्गाल स्थित आईआईटी खड्गपुरको प्लेटिनम जुबली समारोहमा सहभागिता जनाए। यस अवसरमा उनले संस्थानको ७५ वर्ष पूरा भएको उपलक्ष्यमा विशेष स्मारक सिक्का जारी गरे र '75 भोइसेस फर विकसित भारत' पहल अन्तर्गत ७५ जना विद्यार्थीसँग संवाद गरे। यस अवसरमा पश्चिम बङ्गालका राज्यपाल आर.एन. रवि, मुख्यमन्त्री सुवेन्दु अधिकारी र केन्द्रीय मन्त्री सुकान्त मजुमदार लगायत अन्य नेताहरू उपस्थित थिए।

मोदीले आईआईटी खड्गपुरले आफ्नो ७५ वर्षको यात्रामा देशको विकास र राष्ट्र निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए। भारतले यस अवधि गोरुगाड़ीदेखि बुलेट ट्रेनसम्म र हुलाक पत्रदेखि सामाजिक सञ्जालसम्मको यात्रा तय गरेको छ। संस्थानले हरेक समयमा देशको वैज्ञानिक, प्राविधिक र औद्योगिक क्षमतालाई अगाड़ी बढ़ाउन योगदान दिएको छ।

प्रधानमन्त्रीले आईआईटी खड्गपुरको स्थापना हुँदा देशलाई उद्योग र पूर्वाधारका लागि इन्जिनियरहरूको आवश्यकता रहेको बताए। पछि यहाँका विद्यार्थीहरूले अन्तरिक्ष तथा परमाणु ऊर्जा कार्यक्रमसँगै सूचना प्रविधि र सफ्टवेयर उद्योगलाई अगाड़ी बढ़ाउन योगदान दिए। अब विकसित भारतको लक्ष्य हासिल गर्न संस्थानको भूमिका महत्त्वपूर्ण हुनेछ।

उनले युवाहरूलाई आफ्नो प्रतिभा, सपना र देशको क्षमतालाई सीमित नगर्न आग्रह गरे। राष्ट्रहरूले आफ्नो क्षमताको पहिचान त्यतिबेला मात्र गर्छन्, जब उनीहरूले सोचको सीमालाई तोड्छन्। उनले सेमिकन्डक्टर क्षेत्रको उदाहरण दिँदै पहिले भारतमा चिप निर्माणलाई लिएर प्रश्न उठ्ने गरेको तर अहिले देशमा धेरै सेमिकन्डक्टर उत्पादन केन्द्रहरू सञ्चालनमा आएको र भारतले चिप निर्यात समेत गर्न थालेको बताए। उनले आगामी समयमा चिपदेखि जहाजसम्मको निर्माण देशमै हुने बताए।

प्रधानमन्त्रीले अन्तरिक्ष क्षेत्रमा निजी क्षेत्रको सहभागिताको पनि उल्लेख गरे। उनले पहिले अन्तरिक्ष क्षेत्रमा युवाहरूका लागि अवसर सीमित रहेको तर अहिले यो क्षेत्र उनीहरूका लागि खुला गरिएको बताए। आईआईटी खड्गपुरका पूर्व विद्यार्थी पवनले स्काईरुट एयरोस्पेस स्थापना गर्नु र भारतको पहिलो निजी रकेट प्रक्षेपणमा योगदान दिनु यसको उदाहरण भएको उनले बताए। देशका धेरै स्टार्टअपहरूले अन्तरिक्ष कार्यक्रमलाई नयाँ गति दिइरहेको पनि उनले बताए।

प्रधानमन्त्रीले विश्व ब्याङ्कको प्रतिवेदन उल्लेख गर्दै पछिल्ला १२–१३ वर्षमा भारतमा लगभग ५० करोड़ मानिस गरीबीबाट बाहिर आएको बताए। सीमित सोचबाट बाहिर निस्केर नयाँ नीति निर्माण गर्नु र गरीबहरूलाई सशक्त बनाउने प्रयासका कारण यो परिवर्तन सम्भव भएको उनले बताए।

उनले आईआईटी खड्गपुर निर्माण भएको स्थानमा कुनै समय स्वतन्त्रता सेनानीहरूका लागि हिरासत शिविर रहेको बताए। बङ्गालको भूमिले विचार र राष्ट्रिय आन्दोलनहरूलाई अगाड़ी बढ़ाउन भूमिका निर्वाह गरेको छ। त्यस समय स्वतन्त्रता सेनानीहरूले यही स्थानमा देशको स्वतन्त्रताको सङ्कल्प लिएका थिए। आज यही भूमिमा तयार भइरहेका युवाहरूले आफ्नो नवाचार विचार मार्फत भारतलाई आत्मनिर्भर बनाउन योगदान दिइरहेका छन्।

प्रधानमन्त्रीले विद्यार्थीहरूलाई राष्ट्र प्रथमको भावनाका साथ काम गर्न आग्रह गरे। उनले आगामी दुई दशक युवाहरूको जीवन र देशको विकासका लागि निर्णायक हुने बताए। युवाहरूले आफूले देशका कुन चुनौतीको समाधानमा योगदान दिन सक्छु भनेर आफैलाई प्रश्न गर्नुपर्ने उनले बताए।

प्रधानमन्त्रीले आईआईटी खड्गपुरका विद्यार्थी तथा पूर्व विद्यार्थीहरूले संस्थानको १००औँ वार्षिकोत्सव मनाउँदासम्म भारत विकसित राष्ट्र बनिसकेको हुनुपर्ने सङ्कल्प लिनुपर्ने बताए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande