

- कच्ची दरगाहदेखि बिदुपुरसम्म निर्माण गरिएको पुलले उत्तर र दक्षिण बिहारलाई जोड्नेछ
- ४,९८८.४० करोड़ रुपियाँको लागतमा निर्माण सम्पन्न
पटना, २१ नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी शनिवार बिहार भ्रमणमा पुगे। पटना विमानस्थलमा पूर्व मुख्यमन्त्री नीतीश कुमारले उनको स्वागत गरे। यस अवसरमा राष्ट्रिय जनतान्त्रिक गठबन्धन (राजग) का धेरै वरिष्ठ नेताहरू उपस्थित थिए। विमानस्थलबाट प्रधानमन्त्री सिधै वैशाली जिल्लाको राघोपुर पुगे, जहाँ उनले नवनिर्मित ‘नीतीश सेतु’ को उद्घाटन गरे। लगभग १९.७ किलोमिटर लामो यस छह लेनको पुल उनले बिहारका जनतालाई समर्पित गरे।
प्रधानमन्त्रीले आफ्नो निर्धारित कार्यक्रम अनुसार राघोपुर विधानसभा क्षेत्रमा अवस्थित पुलको निरीक्षण गरे। यस क्रममा उनले पुलबाट गम्छा हल्लाउँदै त्यहाँ उपस्थित मानिसहरूलाई अभिवादन गरे। त्यसपछि विधिवत् उद्घाटन गरे। यस अवसरमा राज्यपाल लेफ्टिनेन्ट जनरल (सेवानिवृत्त) सैयद अता हसनैन, मुख्यमन्त्री सम्राट चौधरी, केन्द्रिय मन्त्री चिराग पासवान र उप मुख्यमन्त्री विजय चौधरी लगायत धेरै विशिष्ट व्यक्तिहरू उपस्थित थिए।
‘नीतीश सेतु’ ले पटनाको कच्ची दरगाहलाई वैशाली जिल्लाको बिदुपुरसँग जोड्छ। यसको निर्माणले दक्षिण बिहार र उत्तर बिहारबीचको सड़क सम्पर्क अझ् सुदृढ़ हुनेछ। यो एक्स्ट्राडोज्ड केबल-स्टे प्रविधिबाट निर्माण गरिएको छह लेनको पुल हो। यसको निर्माणमा ४,९८८.४० करोड़ रुपियाँ खर्च भएको छ।
लगभग १९.७ किलोमिटर लामो यस परियोजनामा ९.७ किलोमिटर लामो मुख्य पुल र १० किलोमिटर लामो सम्पर्क सड़क (एप्रोच रोड) समावेश छन्। यसले पटना जिल्लाको राष्ट्रिय राजमार्ग-२२ स्थित कच्ची दरगाहलाई वैशाली जिल्लाको राष्ट्रिय राजमार्ग-३२२ स्थित बिदुपुरसँग जोड्छ। पुल सञ्चालनमा आएपछि दुवै क्षेत्रबीच आवागमन सहज हुनुका साथै उत्तर र दक्षिण बिहारबीचको सम्पर्क व्यवस्थाले नयाँ मजबुती पाउने अपेक्षा गरिएको छ।
/ बिशाल