जम्मूको अन्तरराष्ट्रिय सीमामा बीएसएफद्वारा पाकिस्तानी नागरिक पक्राउ
सांकेतिक


जम्मू, २१ नोभेम्बर (हि.स.)। जम्मू जिल्लाको अन्तरराष्ट्रिय सीमामा शनिबार बिहान सीमा सुरक्षा बल (बीएसएफ) का जवानहरूले एक पाकिस्तानी नागरिकलाई पक्राउ गरेका छन्।

सीमा चौकी नजिकै शङ्कास्पद गतिविधि देखिएपछि गस्तीमा रहेका जवानहरूले ती व्यक्तिलाई नियन्त्रणमा लिएका हुन्। प्रारम्भिक जानकारीअनुसार पक्राउ परेका व्यक्ति पाकिस्तानी नागरिक हुन्।

पक्राउ परेका व्यक्तिको पहिचान खुल्न सकेको छैन। सुरक्षा निकायहरूले उनी भारतीय सीमाभित्र प्रवेश गर्नुको उद्देश्यबारे अनुसन्धान तथा सोधपुछ गरिरहेका छन्। सोधपुछ पूरा भएपछि घटनासम्बन्धी थप विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande