
गुवाहाटी, २५ नोभेम्बर (हि.स.)। असममा रक्षा उत्पादन क्षेत्रले ठूलो प्रोत्साहन पाउने भएको छ। राज्यमा भारतले प्रयोग गर्ने प्रमुख मिसाइलहरू निर्माण गरिनेछ। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले जागिरोडमा डिफेन्स पार्क स्थापना गर्ने योजना रहेको बताएका छन्। यसका लागि सरकारले लगभग ६ हजार बिघा जमीन छुट्याएको छ। यो परियोजना जागीरोड स्थित सेमिकन्डक्टर परियोजनाको अगाड़ी विकास गरिनेछ। मुख्यमन्त्रीले बुधवार एउटा कार्यक्रममा सहभागी भएपछि पत्रकारहरूलाई यसबारे जानकारी दिएका हुन्।
मुख्यमन्त्रीले परियोजना निर्माण गर्न समय लाग्ने भए पनि राज्य सरकारले यस दिशामा एउटा सपना देखेको र त्यसलाई साकार पार्ने प्रयास भइरहेको बताए।
यसैबीच, राज्यको औद्योगिक क्षेत्रमा अर्को महत्वपूर्ण पहल अन्तर्गत रंगियाको तुलसीबारीमा एकीकृत रक्षा उपकरण निर्माण तथा उन्नत प्रविधि केन्द्र स्थापना गरिनेछ। मुख्यमन्त्रीले यस परियोजनाको भूमी पूजन गरे।
सरकारले यस परियोजनाका लागि तुलसीबारी स्थित एआईडीसी औद्योगिक क्षेत्रमा १५ एकड़ जमीन छुट्याएको छ। स्पीड ४ डिफेन्स सिस्टम प्राइभेट लिमिटेडले यस केन्द्रको स्थापना गर्नेछ। यहाँ ड्रोन, एन्टी-ड्रोन प्रणाली, बंकर तथा अन्य रक्षा सम्बन्धी उपकरणहरू निर्माण गरिनेछन्। यो परियोजनालाई असमलाई रक्षा उत्पादन र उन्नत प्रविधिको क्षेत्रमा नयाँ पहिचान दिलाउने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी