ग्रामीण खानेपानी योजनाहरूको मर्मतसम्भारका लागि दक्ष कार्यबल तयार गर्ने पहल
नई दिल्ली में एमओयू पर हस्ताकर के दौरान जलशक्ति मंत्री सीआर पाटिल, जयंत चौधरी और अन्य।


नयाँ दिल्ली, २५ नोभेम्बर (हि.स.)। केन्द्रिय जलशक्ति मन्त्री सीआर पाटिलको उपस्थितिमा बुधवार यहाँ जलशक्ति मन्त्रालय र कौशल विकास तथा उद्यमशीलता मन्त्रालयबीच एक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिएको छ।

यस अवसरमा कौशल विकास तथा उद्यमशीलता राज्यमन्त्री (स्वतन्त्र प्रभार) जयन्त चौधरी, जलशक्ति राज्यमन्त्री वी. सोमन्ना तथा दुवै मन्त्रालयका वरिष्ठ अधिकारीहरू उपस्थित थिए।

मन्त्रालय अनुसार, यस समझौताको प्रमुख उद्देश्य ग्रामीण खानेपानी योजनाहरूको नियमित सञ्चालन तथा मर्मतसम्भारका लागि स्थानीय स्तरमै दक्ष मानव संसाधन तयार गर्नु हो। यस मार्फत ग्रामीण युवाहरूलाई आवश्यक प्राविधिक तालिम तथा सीप विकासका अवसर उपलब्ध गराइनेछ। यसबाट उनीहरूका लागि स्थानीय स्तरमै रोजगारीका सम्भावना समेत बढ्नेछन्।

समझौता अन्तर्गत ग्रामीण खानेपानी आपूर्ति प्रणालीको प्रभावकारी सञ्चालन तथा मर्मतसम्भारका लागि प्रशिक्षित कार्यबल विकास गर्न जोड दिइनेछ। यसले ग्रामीण क्षेत्रमा खानेपानी योजनाहरूको निरन्तरता, कार्यक्षमता तथा दीर्घकालीन स्थायित्व सुनिश्चित गर्न मद्दत गर्नेछ।

जलशक्ति मन्त्रालय अनुसार, देशका प्रत्येक ग्रामीण परिवारलाई नियमित रूपमा र दीर्घकालसम्म स्वच्छ पिउने पानी उपलब्ध गराउने लक्ष्य हासिल गर्ने दिशामा मोदी सरकारको यो पहल महत्वपूर्ण छ। यस सम्झौताले ग्रामीण खानेपानी व्यवस्थालाई सुदृढ़ बनाउनुका साथै युवाहरूको सीप विकास र रोजगारी सिर्जनालाई पनि प्रोत्साहन गर्नेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande