
नयाँ दिल्ली, २५ नोभेम्बर (हि.स.)। भारतले साउदी अरबको राजधानी रियाद स्थित वित्तीय जिल्लाको एउटा भवनमा भएको आक्रमणको कड़ा निन्दा गरेको छ। उक्त आक्रमणमा दुई जना भारतीय नागरिक घाइते भएका छन्। रियाद स्थित भारतीय दूतावासले घाइतेहरू तथा उनीहरूका परिवारलाई हरसम्भव सहयोग उपलब्ध गराइरहेको छ।
विदेश मन्त्रालयले बुधवार जारी गरेको विज्ञप्तिमा भारतले २४ नोभेम्बरमा रियादको वित्तीय जिल्ला स्थित एउटा भवनमा भएको आक्रमण तथा साउदी अरबमा नागरिक, आर्थिक र ऊर्जा पूर्वाधारलाई लक्षित गरी भइरहेका लगातारका आक्रमणहरूको कड़ा निन्दा गरेको जनाएको छ।
विज्ञप्ति अनुसार, रियादको वित्तीय जिल्लामा भएको आक्रमणमा दुई जना भारतीय नागरिक समेत घाइते भएका छन्। भारतीय दूतावासले घाइतेहरू र उनीहरूका परिवारलाई हरसम्भव सहयोग प्रदान गरिरहेको छ।
भारतले यस्ता आक्रमणबाट सर्वसाधारणको जीवन गम्भीर जोखिममा पर्ने बताएको छ। यी आक्रमणले साउदी अरबको सार्वभौमसत्ताको उल्लङ्घन गर्नुका साथै क्षेत्रीय सुरक्षा र स्थिरतामा समेत असर पार्ने भारतको भनाइ छ। भारतले यस्ता आक्रमण तत्काल रोक्न आह्वान गरेको छ।
विज्ञप्तिमा भारतले साउदी अरबका जनता र सरकारप्रति आफ्नो दृढ़ ऐक्यबद्धता पुनः व्यक्त गरेको छ। साथै साउदी अरबको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता तथा त्यहाँका नागरिक र बासिन्दाहरूको सुरक्षा सुनिश्चित गर्ने प्रयासलाई आफ्नो अटुट समर्थन रहेको जनाएको छ।
भारतले यस क्षेत्रमा जतिसक्दो चाँड़ो शान्ति र सामान्य अवस्था पुनःस्थापित हुने आशा व्यक्त गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी