
चेन्नई (तमिलनाडु), २५ नोभेम्बर (हि.स.)। मदुरैको तिरुपरंकुन्द्रम कार्तिगई दीपम विवादमा हिन्दू सङ्गठनहरूले अदालतको ढोका ढकढक्याउन सक्ने भएका छन्। ढुङ्गाको स्तम्भमा कार्तिगई दीपम प्रज्वलन गर्नुपर्ने माग गर्दै प्रदर्शन गर्ने भाजपा तथा हिन्दू सङ्गठनका कार्यकर्ता विरुद्ध मदुरै पुलिसले मुद्दा दर्ता गरेको छ। तिरुपरंकुन्द्रममा तमिलनाडु सरकार विरुद्ध भएको प्रदर्शनमा सहभागी ३०० भन्दा बढ़ी हिन्दू सङ्गठनका कार्यकर्तालाई पुलिसले पक्राउ गरेपछि आज बिहान रिहा गरेको छ।
कूल ३०० भन्दा बढ़ी व्यक्ति विरुद्ध छह वटा धारा अन्तर्गत मुद्दा दर्ता गरिएको छ। बिना अनुमति भेला भएको, सार्वजनिक स्थानमा शान्ति भङ्ग गरेको, विवादास्पद अभिव्यक्ति दिएको तथा सरकारी कर्मचारीहरूलाई आफ्नो कर्तव्य निर्वाह गर्नबाट रोकेको आरोपमा मुद्दा दर्ता गरिएको हो।
यसैबीच, तिरुपरंकुन्द्रम कार्तिगई दीपम विवादलाई लिएर हिन्दू कार्यकर्ताहरू पुनः सर्वोच्च अदालत जाने तयारीमा छन्। अदालतको आदेश उल्लङ्घन गरिएको आरोप लगाउँदै उनीहरूले फेरि याचिका दायर गर्ने तयारी गरेका छन्।
सर्वोच्च अदालतले पवित्र मानिने ढुङ्गाको स्तम्भमै कार्तिगई दीपम प्रज्वलन गर्न निर्देश दिएको थियो। तर विजय नेतृत्वको सरकारले ढुङ्गाको स्तम्भको सट्टा त्यही पहाड़मा अवस्थित परम्परागत नभएको उचिपिल्लयार मण्डपमा कार्तिगई दीपम प्रज्वलन गरेको हिन्दू कार्यकर्ताहरूको आरोप छ।
पहाड़को चुचुरोमा रहेको विवादित ढुङ्गाको स्तम्भमा दीप प्रज्वलन हुने प्रतीक्षामा रहेका हिन्दू सङ्गठनका नेता तथा स्वयंसेवकहरू परम्परागत दीप मण्डपमा मात्रै दीप प्रज्वलन गरिएको भन्दै आक्रोशित बनेका छन्। यस विषयमा तमिलनाडु सरकारको कदमको निन्दा गर्दै हिन्दू सङ्गठनहरूले तिरुपरंकुन्द्रमका विभिन्न स्थानमा प्रदर्शन गरे। यस क्रममा पुलिस र प्रदर्शनकारीबीच चर्को भनाभन तथा धकेलाधकेल भएको थियो। त्यसपछि प्रदर्शनकारीहरू सड़कमा बसेर विरोध प्रदर्शन गर्दै तमिलनाडु सरकार र पुलिस विरुद्ध नाराबाजी गरे।
त्यसपछि पुलिसले प्रदर्शनकारीमाथि लाठीचार्ज गरी उनीहरूलाई पक्राउ गरेको थियो। पुलिसले छह वटा धाराअन्तर्गत मुद्दा दर्ता गर्दै ३०० भन्दा बढ़ी व्यक्तिलाई पक्राउ गर्यो। पछि उनीहरू सबैलाई आज बिहान रिहा गरिएको छ। भाजपा नेता पोन्. राधाकृष्णन, एस.जी. सूर्या लगायत अन्य व्यक्ति विरुद्ध पनि मुद्दा दर्ता गरिएको छ।
/ बिशाल