
गुवाहाटी, ०3 नोभेम्बर (हि.स.)। असमको पूर्वी भागमा अवस्थित सादियामा मङ्गलवार आएको भीषण चक्रवाती आँधीले ठूलो विनाश गरेको छ। यस अवधि आलुको गोदाममाथि ठुलो रूख ढल्यो जसको चपेटमा परी त्यहाँ काम गर्ने एकजना कर्मचारीको मृत्यु भयो।
पुलिसले आज दिएको प्रारम्भिक जानकारी अनुसार कर्मचारी गोदामभित्रै थिए, यसै अवधि तीव्र हावाले एउटा विशाल रूख ढलेर गोदाममाथि झऱ्यो जसको चपेटमा परी गोदाम कर्मचारीको घटनास्थलमै मृत्यु भयो।
आँधीका कारण यस क्षेत्रका विभिन्न भागमा ठूल्ठूला रुखहरू लड़ेका छन्। केही रुखहरू बिजुलीका तारहरूमाथि झरेका कारण तारहरू चुँड़िएका छन् फलस्वरूप विभिन्न क्षेत्रमा बिजुली आपूर्ति अवरुद्ध भएको छ। तीव्र हावाले धेरै वटा घर र आवासीय संरचनामाथि पनि ठूलो क्षति पुऱ्याएको छ।
सादियाको चपाखोवा क्षेत्रमा राष्ट्रिय राजमार्गमा धेरै वटा रूखहरू ढलेर राजमार्गमा तेर्सिएका करण सडक पूर्ण रूपमा अवरुद्ध भयो जसले गर्दा आवागमन प्रभावित भयो।
स्थानीय प्रशासनले आँधीका कारण भएको क्षतिको मूल्याङ्कन गरिरहेको छ। यसले घर, खेत र अन्य सम्पत्तिमा भएको क्षतिको जायजा लिरहेको छ। घटनाको सम्बन्धम थप विवरणको प्रतिक्षा छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा