मुख्यमन्त्री शुभेन्दु अधिकारीले महिषासुरमर्दिनीका अमर स्वर विरेन्द्र कृष्ण भद्रलाई श्रद्धाञ्जली अर्पण गरे
वीरेंद्र कृष्ण भद्र को मुख्यमंत्री शुभेंदु अधिकारी ने दी श्रद्धांजलि


कोलकाता, ०3 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले प्रख्यात रेडियो प्रसारक, नाटककार एवं 'महिषासुरमर्दिनी' कार्यक्रमका अमर स्वर वीरेन्द्र कृष्ण भद्रको पुण्यतिथिमा उनलाई विनम्र श्रद्धाञ्जली अर्पण गरे। मुख्यमन्त्रीले मङ्गलवार बिहान आफ्नो सोशल मिडिया अकाउन्टमा सन्देश साझा गर्दै उनको योगदानलाई स्मरण गरे।

आफ्नो सन्देशमा मुख्यमन्त्रीले भने, प्रख्यात रेडियो प्रसारक, नाटककार र महिषासुरमर्दिनीका प्राणपुरूष वीरेन्द्र कृष्ण भद्रलाई उनको पुण्यतिथिमा विनम्र श्रद्धाञ्जली।

उल्लेख्य, वीरेन्द्र कृष्ण भद्रको जन्म 4 अगस्त, 1905- मा अहिरितोला, कोलकातामा भएको थियो। 3 नोभेम्बर, 1991- मा उनको मृत्यु भएको थियो। रेडियो प्रसारण, नाटक लेखन, अभिनय औ थिएटर निर्देशनको क्षेत्रमा उनको विशिष्ट पहिचान थियो। यद्यपि, उनले सबैभन्दा ठूलो प्रसिद्धि लोकप्रिय अल इण्डिया रेडियो कार्यक्रम महिषासुरमर्दिनीबाट पाएको थिए।

वर्ष 1931-मा शुरू भएको यस विशेष रेडियो कार्यक्रममा उनका प्रभावशाली संस्कृत मन्त्रोचारण, श्लोकपाठ एवं सशक्त वाचनले उनलाई घर-घरमा लोकप्रिय बनाइदियो। महालयमा बिहान 4 बजे प्रसारण हुने कार्यक्रमलाई बङ्गालमा दुर्गा पूजाको आगमनको प्रतीक मानिन्छ। आज पनि महालयको अवसरमा लाखौँ मानिसहरूले उनको स्वरमा महिषासुरमर्दिनीको पाठ सुन्छन्।

वीरेन्द्र कृष्ण भद्रको आवाज र संस्कृत श्लोकहरूको ओजस्वी उच्चारणले उनलाई बङ्गालको सांस्कृतिक एवं धार्मिक परम्परामा अमर स्थान दिलाएको छ। उनको योगदानलाई आज पनि सम्मानको साथमा स्मरण गरिन्छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande