
कोलकाता, ०3 नोभेम्बर (हि.स.)। मुख्यमन्त्री शुभेन्दु अधिकारीले नागरिकता संशोधन ऐन (सीएए) अन्तर्गत नागरिकता प्रमाणपत्र जारी गर्ने समय-सीमा तय गरेको 24 घण्टाभित्रै राज्य प्रशासनले द्रुत गतिमा कदम चालेको छ। सरकारले आगामी 31 दिसम्बरसम्म उत्तर 24 परगना र नादिया जिल्लाका मतुआ एवं शरणार्थी समुदायका 2.50 लाख आवेदकहरूलाई नागरिकता हस्तान्तरण गर्ने लक्ष्य राखेको छ। यस प्रक्रियालाई तीव्र बनाउन यी दुई जिल्लामा 12 जना युवा आईएएस अधिकारीहरूलाई विशेष जिम्मेवारी दिइएको छ।
राज्यको कार्मिक तथा प्रशासनिक सुधार विभागले गए सोमवार राती आधिकारिक निर्देशन जारी गरेको छ।। निर्देश अनुसार सीएएसित सम्बन्धित कार्यहरूको तीव्र निस्पादनका लागि यी आईएएस अधिकारीहरूलाई उत्तर 24 परगना तथा नादिया जिल्लामा तत्काल प्रभावबाट दुई महिनाका लागि नियुक्त गरिएको छ। यो कदम गत आइतवार ठाकुरनगरमा गोसाई परिषदद्वारा आयोजित अन्तर्राष्ट्रिय मतुआ सम्मेलनमा मुख्यमन्त्रीको त्यस आश्वासनपछि उठाइएको हो जसमा उनले भनेका थिए, अहिलेसम्ममा 25 हजार आवेदकहरूले मात्र नागरिकता पाएका छन् र उनीहरू चाँडै प्रक्रिया पूरा गर्न चाहन्छन्।
यी 12 जना अधिकारीहरूलाई नागरिकतासित सम्बन्धित आवेदनहरूको सत्यापन, सुनवाई तथा कानुनी दस्तावेजको जाँचको लागि जिल्ला प्रशासनसँग समन्वय गरेर काम गर्न निर्देशन दिइएको छ। प्रशासनिक रूपमा जिम्मेवारी सम्हाल्दै उत्तर 24 परगनामा रोमिल द्विवेदी, मुदिता बन्सल, रवुल जयसिम्हा रेड्डी, तेजस्वी, स्वामी सुनील रामलिङ्ग र रजत यादवलाई नियुक्त गरिएको छ। नदिया जिल्लाको जिम्मेवारी रितिका रथ, चोगले अदिति सञ्जय, अभिषेक चौधरी, मेघना चक्रवर्ती, सक्षम भाटिया तथा हिमांशु भास्करलाई दिइएको छ।
उत्तर 24 परगना र नादिया जिल्लामा शरणार्थी एवं मतुआ समुदायको सबैभन्दा बढ़ी जनसङ्ख्या छ। यो समुदायले सदैव नागरिकताको मुद्दालाई प्राथमिकता दिँदै आएको छ। पछिल्ला केही चुनाउहरूमा पनि भाजपालाई यस समुदायबाट ठूलो समर्थन प्राप्त भएको थियो। सरकारको द्रुत कदमलाई राजनीतिक एवं प्रशासनिक जगतमा मतुआ समुदायप्रति सरकारको प्रतिबद्धताको स्पष्ट सन्देशका रूपमा हेरिएको छ।
मुख्यमन्त्रीले यो पनि स्पष्ट पारेका थिए, सीएएको माधयमबाट नागरिकता प्राप्त गर्ने योग्य अनुसूचित जाति (एससी)- का मानिसहरूलाई पनि चाँडै एससी प्रमाणपत्र जारी गरिनेछ। प्रशासनबाट स्पष्ट निर्देश दिइएको छ, आगामी 31 दिसम्बरको समयसीमाभित्रमा 2.50 लाख नागरिकहरूको लक्ष्य कुनै पनि कुनै पनि मूल्यमा पूरा गरिनु पर्छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा