उत्तर बङ्गालको विकासले नयाँ गति पाउनेछ, दार्जिलिङदेखि सिलगढ़ीसम्मका विभिन्न परियोजनाहरू स्वीकृत
मुख्यमंत्री शुभेंदु अधिकारी की अध्यक्षता में उत्तरकन्या में प्रशासनिक समीक्षा बैठक 


सिलगढ़ी, ०3 नोभेम्बर (हि.स.)। उत्तरकन्यामा मुख्यमन्त्री शुभेन्दु अधिकारीको अध्यक्षतामा मङ्गलवार दिउँसो आयोजित प्रशासनिक समीक्षा बैठकमा उत्तर बङ्गालको विकासको लागि केही महत्त्वपूर्ण परियोजनाहरूलाई स्वीकृति दिइयो। यी योजनाहरू अन्तर्गत दार्जीलिङ पहाड़, तराई, डुवर्स र उत्तर बङ्गालका विभिन्न क्षेत्रमा स्वास्थ्य, यातायात, खेलकुद, पर्यटन एवं धार्मिक स्थलहरूको विकासमा विशेष जोड़ दिइएको छ।

बैठकमा घोषणा गरियो, आगामी 9 दिसम्बर, 2027- मा मुख्यमन्त्रीले कालेबुङ मेडिकल कलेजको शिलान्यास गर्नेछन्। यसका साथै दार्जीलिङ, खरसाङ, कालेबुङ, मिरिक एवं सिलगढ़ीका सरकारी अस्पतालहरूको मर्मत, आधुनिकीकरण तथा पूर्वाधार सुविधाहरूको विस्तारलाई पनि स्वीकृति दिइएको छ। यसले क्षेत्रका जनतालाई श्रेष्ठ स्वास्थ्य सेवा प्रदान गर्न मद्दत गर्नेछ।

यसबाहेक खरसाङदेखि दार्जीलिङसम्मको 21 किलोमिटर लामो रोपवे परियोजनालाई पनि स्वीकृति दिइएको छ। यस परियोजनाले यातायातको वैकल्पिक माध्यमको विकास गर्नेछ। साथै सड़क यातायातको दबाव कम हुने र पर्यटकहरूको आवागमन सहज हुने अपेक्षा गरिएको छ।

खेलकुदको क्षेत्रमा लेबोङ्ग मैदानलाई आधुनिक स्टेडियमको रूपमा विकास गर्ने निर्णय गरिएको छ। यहाँका खेलाड़ीहरूका लागि आवश्यक सुविधा उपलब्ध गराइनेछ जसले स्थानीय युवाहरूलाई खेलकुदको क्षेत्रमा अगाडि बढ्ने अवसर दिनेछ।

यता दार्जीलिङको प्रसिद्ध महाकाल मन्दिर परिसरको सौन्दर्यीकरण, विकास एवं मर्मतका लागि 19 करोड़ रुपियाँ आवन्टन गरिएको छ। यसबाहेक मुख्यमन्त्रीले राज्य सरकारद्वारा सञ्चालित सबै पर्यटक लजको मर्मत अनि आधुनिकीकरण गर्न पनि निर्देश दिएका छन्।

बैठकमा स्वीकृत परियोजनाहरूले उत्तर बङ्गालमा पूर्वाधारको विस्तारसँगै पर्यटन, रोजगारी एवं आर्थिक गतिविधिलाई बढ़ावा दिने अपेक्षा गरिएको छ। बैठकमा सहभागी प्रतिनिधिहरूले यी विकास योजनाहरूका लागि मुख्यमन्त्री शुभेन्दु अधिकारीप्रति कृतज्ञता व्यक्त गर्दै यी पहलहरूले दार्जीलिङ पाहाड, तराई एवं डुवर्स क्षेत्रका जनतालाई फाइदा पुग्ने बताए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande