
सिलगढ़ी, ०3 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारी मङ्गलबार उत्तर बङ्गालको भ्रमणमा बागडोगरा एयरपोर्टमा आइपुगेका छन्। यस अवधिमा उनले बन्द चिया बगानहरूका करिब 19 हजार मजदुरहरूलाई दीपावलीको अवसरमा पाँच हजार रुपियाँ सहित राशन दिने घोषणा गरेका छन्। यो योजना उत्तरकान्याबाट शुरु गरिने उनले जानकारी दिए।
मुख्यमन्त्रीले भने, उत्तर बङ्गालका जनतासित वाचा गरिएको थियो कि उनले महिनामा न्यूनतम पनि दुई पटक यस क्षेत्रको भ्रमण गर्नेछन्। यस अवधि उनले प्रशासनिक कार्यसँगसँगै विकास योजनाहरूको धरातलीय अवस्थाको पनि समीक्षा गर्नेछन्। उनले उत्तर बङ्गालका विभिन्न जिल्लाहरूको भ्रमण गरी विकास कार्यहरूको समीक्षा गरिने बताए।
आफ्ना आगामी कार्यक्रमहरूको विवरण दिँदै उनले नोभेम्बर 18- मा बिरसा मुण्डाको जन्मजयन्ती अनि अलिपुरद्वारको कुमारग्राममा हुने जनजातीय गौरव दिवसमा सहभागी हुने जानकारी दिए। यता 24 नोभेम्बरको दिन कुचबिहारमा पुगेर उनले रास महोत्सवको उद्घाटन गर्नेछन्। पार्टीको निर्देश अनुसार मङ्गलवार देशभरि 100 भन्दा बढी ऱ्यालीहरू आयोजना गरिने अवगत गराउँदै उनले सिलिगढ़ीमा पनि विशाल ऱ्याली निकालिने बताए। मुख्यमन्त्रीले उत्तरकन्याका चिया मजदुरहरूका लागि घोषणा गरिएको योजना बाहेक अन्य धेरै वटा जनकल्याणकारी कार्यक्रमहरू पनि शुरु गरिने बताए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा