
कोलकाता, ०3 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गालको प्रमुख पर्यटन केन्द्र दिघालाई पर्यटकहरूका लागि अधिक सुविधाजनक बनाउने उद्देश्यले प्रशासनले समुद्र तटलाई हकर्स मुक्त राख्ने निर्णय लिएको छ। अबउसो समुद्र तटमा हकर्सलाई पसल राख्स्थान वा सामान बेच्न अनुमति दिइने छैन। यो निर्देश मङ्गलवारदेखि लागू गरिएको छ। दिघा-शङ्करपुर विकास बोर्डले गए सोमवार राति माइकिङ्ग गरी यस आशयको जानकारी दिएको हो।
प्रशासनको निर्णयलाई पर्यटक तथा दिघा-शङ्करपुर होटलियर्स एसोसिएसनका सदस्यहरूले स्वागत गरेका छन्। अधिकारीहरू अनुसार दिघामा पर्यटकहरूको सङ्ख्या केही समयदेखि निरन्तर बढ्दै गइरहेको छ। त्यसैले समुद्र तटमा मानिसहरूलाई आवागमन गर्नमा समस्या भइरहेको थियो। पर्यटकहरूको सुविधालाई ध्यानमा राख्दै यो कदम चालिएको हो।
पूर्व मेदिनीपुरका अतिरिक्त जिल्ला मेजिस्ट्रेट तथा दिघा-शङ्करपुर विकास बोर्डका कार्यकारी अधिकृत धुमल प्रतीक अशोकले बताए, दिघामा पर्यटकहरूको सङ्ख्या निरन्तर बढ्दै गइरहेको छ। समुद्र तटमा आवत-जावत गर्नमा समस्या भइरहेको गुनासो थियो। आगामी दिनमा पर्यटकहरूको सङ्ख्या बढ्ने अनुमान गरिएको छ। त्यसैले समुद्र तटमा मानिसहरूको सुविधाजनक आवागमन सुनिश्चित गर्न यो निर्णय गरिएको हो।
उल्लेखनीय छ, समुद्र तटमा हकर्सले पसल राखेर खानपानका वस्तुहरू बिक्री गर्दै आइरहेका थिए। किनमेल गरेपछि धेरै जना पर्यटकहरूले प्रयोग गरिएका वस्तुहरू वा खानाको फोहोर समुद्र तटमा छोडेर जान्थे। यसबाट समुद्र तटमा फोहोर फैलिरहेको थियो। यस निर्णयले समुद्र तट सफा राख्न पनि सहयोग पुग्ने प्रशासनको विश्वास छ।
दिघा-शङ्करपुर होटलियर्स एसोसिएसनका संयुक्त सचिव विप्रदास चक्रवर्तीले प्रशासनको कदमलाई स्वागत गरिदा समुद्र तटमा अतिक्रमण बिस्तारै बढ्दै गइरहेको कारण आम जनता र पर्यटकहरबलाई धेरै समस्या भइरहेको बताए।
साथै रामनगरका विधायक चन्द्रशेखर मण्डलले स्पष्ट पारे, हकर्सले प्रशासनद्वारा तोकिएको ठाउँमा मात्र गर्नुपर्छ। समुद्र तटमा पसलहरूलाई अनुमति दिइने छैन।
अर्कातिर हकर्सले पनि प्रशासनको निर्देशलाई पालना गर्ने कुरा गरेका छन्। प्रशासनले तय गरेको स्थानमा मात्रै आफ्नो व्यवसाय गर्ने उनीहरूले जानकारी दिए।
प्रशासनले यो निर्णय यस्तो समयमा लिएको छ जतिबेला आगामी काली पूजा, क्रिसमस एवं अङ्ग्रेजी नयाँ वर्षको अवसरमा दिघामा पर्यटकहरूको ठूलो भी़ड़ हुने सम्भावना छ। त्यसैले समुद्र तटको सफाई र पर्यटकहरूको आवागमनलाई सहज बनाउनु प्रशासनको प्राथमिकता हो।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा